काठमाण्डौ १२ चैत्र । आज पहाडी क्षेत्रका एक\दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।दिउँसो पहाडी क्षेत्रमा आंशिक बद्ली भएर मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना अबको तीन दिनसम्म नै रहनेछ।यस्तै आज राति सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी क्षेत्रमा आंशिक बद्ली रहेर अरु ठाउँको मौसम सफा रहने महाशाखाका मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार अहिले पहाडी क्षेत्रको मौसम आंशिक बद्ली रही बाँकी क्षेत्रको मौसम सफा रहेको छ ।अहिले नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत थोरै प्रभाव रहेको छ ।
१२ चैत्र २०७७, बिहिबार
प्रतिक्रिया