प्रदेश

चितवनको सौराहामा वायु प्रदूषण खतरनाक अवस्थामा



चितवन १७ चैत्र । चितवनको सौराहामा वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ ।वायुको गुणस्तरको सूचकाङ्क एक्यूआईका अनुसार सौराहामा एक्यूआई ३ सयभन्दा बढी छ । यस्तै, काठमाण्डौ उपत्यकासहित अन्य केही सहरमा प्रदूषणको मात्रा खराब अवस्थामा रहेको छ ।उपत्यकाका रत्नपार्क, भैँसीपाटी, कीर्तिपुर, भक्तपुर तथा हेटौँडा र धनगढीलगायत सहरमा प्रदूषण खराब अवस्थामा  छ । यी सहरमा एक्यूआई २ सयभन्दा बढी देखिएको छ ।

वातावरण विभागले ६ वटा रंगमा विभाजन गरेर प्रदूषणको अवस्थाबारे जानकारी गराउने गरेको छ । हरियो, पहेँलो, सुन्तला रंग तथा रातो, बैजनी र कलेजी रंगले प्रदूषणको मात्रा कुन अवस्थामा छ भन्नेबारे देखाउँछ ।कलेजी रंगले सबैभन्दा खतरनाक अवस्थालाई जनाउँछ भने बैजनी रंगले धेरै खराब वा धेरै अस्वस्थकर भनेर जनाउँछ । यस्तै, रातो रंगले अस्वस्थकर, सुन्तला रंगले संवेदनशील समूहका लागि अस्वस्थकर तथा पहेँलो रंगले मध्यम र हरियो रंगले वातावरण सफा भन्ने बुझाउँछ ।

वातावरण विभागले केही ठाउँमा सामान्य सुधार देखिए पनि तीव्र गतिमा हावा नचलेको र पानी नपरेका कारण अझै तीन दिनसम्म जोखिमको अवस्था रहेको जनाएको छ । आउँदो तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने र तुवाँलो कायमै रहने विभागले जनाएको छ ।आज दिउँसोपछि हिजो अस्तिको तुलनामा हावाको गति केही बढ्ने सम्भावना रहेकाले आंशिक सुधार हुने सक्ने मौसमविद्को अनुमान छ । तर,  वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले अझै केही दिनको मौसम यस्तै रहने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

प्रदूषणका कणहरु छरिन नपाइ वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो । यस्तै विभिन्न ठाउँमा लागिरहेको डढेलोबाट धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गइ असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागका प्रवक्ता सुमनकुमार रेग्मीले बताउनुभएको छ ।तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या हुने भएकाले विशेष काम परे मात्रै घरबाहिर निस्कन र निस्कनु परेमा मास्क लगाउन र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

प्रकाशित : १७ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६