स्वास्थ्य

‘भेरोसेल’ खोप ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय



काठमाण्डौ १९ चैत्र । चीनले सरकारबाट अनुदानमा प्राप्त कोभिड-१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भएको जानकारी दिनुभयो ।उहाँले पूर्वाधारको हिसाबले उपयुक्त अस्पतालबाट ती उमेर समूहका व्यक्तिलाई चाँडै नै खोप दिइने बताउनुभयो ।

यसअघि सरकारले दोस्रो खोप अभियानअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरेको थियो । चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो । ‘भेरोसेल’ खोप नेपाल वायुसेवा निगमको वाइडबडी-३३० जहाजबाट यही चैत १६ गते नेपालमा ल्याइएको थियो ।नेपालमा अहिले पाँच लाख ४८ हजार मात्रा ‘कोभिशिल्ड’ र चीनबाट प्राप्त आठ लाख मात्रा ‘भेरोसेल’ खोप रहेको छ । सङ्घअन्तर्गतका प्रादेशिक, जिल्ला अस्पताल र सबै आधारभूत अस्पतालमा कोभिड- १९ को सबै उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।कोभिड-१९ परीक्षण गर्ने सबै सरकारी र निजी प्रयोगशालामा तयारी अवस्था राख्ने निर्णय गरेको छ । 

प्रकाशित : १९ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६