अर्थ-वाणिज्य

प्रचार अभियान शुरु :प्रदेश स्तरीय विज्ञापन वोर्ड गठनको पहल गर्ने गिरीको प्रतिवद्धता



रुपन्देही २२ चैत ।लुम्विनी प्रदेशकालागि अध्यक्षका प्रत्यासी बसन्त गिरीले आफ्नो समुहको प्रचार अभियान रिपाटर्स क्लव रुपन्देहीको साक्षात्कार मार्फत शुभारम्भ गर्नु भएको छ । पत्रकार महासंघको आगामी चैत २५ गते हुन गइरहेको निर्वाचनका लागी विपुल पोख्रेल नेतृत्वको संयुक्त गठबन्धन प्यानलका लुम्बिनी प्रदेशका तर्र्फबाट लुम्बिनी प्रदेशका महासंघ प्रदेश अध्यक्षका प्रयात्शी गिरीले महासंघको प्रदेश स्तरीय संचालन व्यवस्थालाई सबलीकरण र प्रदेश स्तरीय विज्ञापन वोर्ड गठनका लागी पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

समग्र श्रमजिवी पत्रकारको हकहितका निम्ति आफ्नो उमेदवारी रहेको बताउनुभयो ।त्यसैगरी लुम्बिनी प्रदेशका महासचिवका प्रत्यासी विक्रम खड्काले स्वतन्त्र पत्रकारिताका लागी हरेक पत्रकारले निर्धक्क भएर पत्रकारिताको धर्म र मर्म अनुसार पत्रकारिता गर्न पाउने वातावरण सिर्जनाको लागी आफ्नो उमेदवारी रहेको जानकारी दिनुभयो ।त्यसैगरी प्रदेशका सचिवका प्रत्यासी उमेदवार जयसिंह केसीले आफुले श्रमजिवी पत्रकारको हकहितका पक्षमा र पारिश्रमिकका पक्षमा जोडदार आवाज उठाउने प्रतिबद्धताका लागी आफ्नो उमेदवारी रहेको बताउनुभयो । त्यसै गरी लुम्बिनी प्रदेशका अर्का प्रत्यासी सदस्य भुवन कार्कीले पत्रकारिता क्षेत्रमा देखिएको विकृति र विसंगति विरुद्ध आवाज बुलन्द गर्न मुख्य भुमिका खेल्न आफ्नो उमेदवारी रहेको जानकारी दिनुभयो ।

पत्रकार महासंघको आगामी चैत २५ गते हुन गइरहेको निर्वाचनका लागी विपुल पोख्रेल नेतृत्वको संयुक्त गठबन्धन प्यानलका लुम्बिनी प्रदेशका तर्र्फबाट केन्द्रिय सदस्यमा भवानी प्रसाद पाण्डेल उमेदवारी दिएका छन् । पाण्डेले अहिले पनि कतिपय संचारमाध्यमहरुमा पत्रकारले न्युनतम पारिश्रमिक नपाइरहेको गुनासो आइरहेको बताउदै आफ्नो उमेदवारी त्यसको लडाईको लागी रहेको बताउनुभयो ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले समग्र पत्रकारिता जगतको विकास र समृद्धिको लागी आफ्नो उमेदवारी रहेको बताउनु भयो । पाण्डेले सम्पूर्ण पत्रकारहरुलाई सक्षम व्यक्तित्व र असल नेतृत्व चुन्न आग्रह गर्दै विपुल पोख्रेल नेतृत्वको संयुक्त गठबन्धन प्यानल त्यसका लागी संक्षम रहेको ठोकुवा गर्नुभयो ।

त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका आदीवासी जनजातिका सदस्य प्रत्यासी टेक बहादुर मास्कीले आफ्नो उमेदवारी पत्रकार महासंघलाई समावेशिता र श्रमजिवीको हकहित सुनिश्चितका लागी रहेको बताउनुभयो । त्यस्तै महिला तर्फका सदस्य प्रत्यासी मिना ढकालले श्रमजिवी महिला पत्रकारहरुको हकहितका लागी खरो रुपमा उत्रनका लागी आफ्नो उमेदवारी रहेको जानकारी दिनुभयो । कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित : २२ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६