स्वास्थ्य

कोरोना भाइरस सङ्क्रमणका कारण नेपालमा थप चार जनाको ज्यान गयो



काठमाण्डौ २३ चैत्र । कोरोना भाइरस सङ्क्रमणका कारण नेपालमा थप चार जनाको ज्यान गएको छ । सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएको र थप दुई जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ३६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप दुई सय ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४५ सय ३६ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ६६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७८ हजार दुई सय १० पुगेको छ ।यस्तै थप एक सय दुई जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार तीन सय ४२ पुगेको छ । अहिले नेपालमा १८ सय ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।


प्रकाशित : २३ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६