खेलकुद

जिल्लास्तरिय प्रथम खुल्ला च्याम्पेन्सिप डोरीतान प्रतियोगिता सम्पन्न



राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भन्ने मुल नाराका साथ कपिलवस्तुमा जिल्लास्तरिय  प्रथम खुल्ला च्याम्पेन्सिप डोरीतान प्रतियोगिता सम्पन्न भएको छ ।नेपाल डोरितान सघ जिल्ला कार्यसमिती कपिलवस्तुको आयोजनामा सम्पन्न प्रतियोगितामा कपिलवस्तु जिल्लाका ९\ ९ महिला पुरुष गरि १८ टोलको सहभागिता रहेको थियो।  बुद्दभुमी नगरपालिकाको खेल मैदनमा सम्पन्न जिल्लास्तरिय  खेलमा महिला तर्फ वाणगंगा प्रथम , शिवराज द्धितिय , विजयनगरले तृतिय स्थान हासिल गरेको छ ।

यता पुरुष तर्फ  कृष्णनगर प्रथम ,बुद्धभुमि द्धतिय , महाराजगंजले तृतिय हासिल गरेको छ । प्रतियोगिमामा  ६०० केजी समुह पुरुष र ४८० केजी समुह महिलाको रहेको थियो ।  विजयी टिमलाई  प्रमाण पत्र, ट्रफी, मेडल, शिल्ड सहित सम्मान गरिएको छ । महिला तर्फ प्रथम स्थान हासिल गरेको वाणगंगा आगामी वर्ष प्रतियोगिताको  आयोजना हुने आयोजकले बताएको छ । प्रतियोगितामा प्रथम भएको पुरुषको टोलि  चैत्र २७,२८,२९ मा सुनसरिमा हुने अन्तराष्टीय डोरीतान खेलमा नेपालको प्रतिनिधित्व गर्ने छन ।


सुनसरिमा हुने प्रतियोगितामा  नेपाल, भारत, भुटान, श्रीलंका, अफगानस्थान लगायतका देश बिच प्रतिस्प्रधा हुने  सघंका प्रदेश अध्यक्ष नवराज खरेलले बताउनु भयो ।डोरीतान सघं कपिलवस्तुका अध्यक्ष मिनराज बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती आशनबाट बोल्दै बुद्दभुमी नगरपालिकाला नगरप्रमुख  केशव कुमार श्रेष्ठले डोरीतान खेल प्राचिनकाल देखी खेलिदैँ आएको र यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

खेलमा सहयोग गर्ने सबै स्थानिय तहलाई धन्यवाद व्यक्त गर्दै खेल क्षेत्रलाई माथि उकास्न सधैव सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको छ । कार्यक्रममा डोरीतान सघ लुम्विनी प्रदेशका अध्यक्ष नवराज खरेल,जिल्ला खेल विकास समितिका कार्यालय प्रमुख मिन पौडेल लगायतको उपस्थिति रहेको थियो  भने कार्यक्रमको सञ्चालन खजिल्ला सचिव दामोदर खनालले सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित : २४ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६