खेलकुद

लुम्बिनी प्रदेशमाथि आठ विकेटको जित निकाल्दै फाइनलमा प्रवेश



काठमाण्डौ २५ चैत्र । लुम्बिनी प्रदेशमाथि आठ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा चलिरहेको ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको मैदानमा बुधवार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई हराउँदै विभागीय टोली एपीएफसँगको भेट पक्का गरेको हो । एपीएफ एक खेलअघि नै फाइनल पुगिसकेको छ । लुम्बिनीले दिएको ७३ रनको लक्ष्य सुदूरपश्चिमले १२ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितमा मन्जु बोगटीले सर्वाधिक २६ रन जोडिन् । बिन्दु रावल १७ रनमा अविजित रहिन् । रेवती धामीले १७ रन जोड्दा कविता जोशीले अविजित ४ रन बनाइन् । लुम्बिनीकी कृतिका मरासिनीले २ विकेट लिइन् ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर ७२ रन बनाएको थियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २६ रन बनाइन् । यस्तै कप्तान नेरी थापाले ११ रन जोडिन् ।

अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।लुम्बिनीलाई कम रनमै रोक्न लक्ष्मी साउदले चार विकेट लिइन् । ऋतु कनौजियाले तीन तथा सुनिता लुहर र कविता जोशीले एकरएक विकेट लिए । लुम्बिनीलाई हराएसँगै सुदूरपश्चिमले ४ खेलमा ६ अङ्क जोड्यो । प्रतियोगितामा बिहीवार दुई खेल हुनेछन् । पहिलो खेल ललितपुर मेयर्स–११ र प्रदेश १ तथा दोस्रो खेल लुम्बिनी प्रदेश र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित : २५ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६