स्वास्थ्य

अक्टोबर महिनापछि कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ८ सयभन्दा बढि



काठमाण्डौ २७ चैत्र । भारतमा गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ८ सय जनाभन्दा धेरैको ज्यान गएको छ ।भारतमा सन् २०२० को अक्टोबर महिनापछि कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या यति धेरै पुगेको हो ।भारतीय सञ्चारमाध्यमका अनुसार गएको २४ घण्टामा कोरोनाका कारण त्यहाँ ८ सय २ जनाको ज्यान गएको छ भने एक लाख ३१ हजार ८ सय ९३ जना सङ्क्रमित भएका छन् ।

महाराष्ट्रमा मात्रै ६० हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । केही दिनयता भारतमा सङ्क्रमितको सङ्ख्या बढेर हरेक दिन एक लाख नाघ्ने गरेको छ ।कोरोनाका कारण बालबालिका र युवा पनि उच्च जोखिममा परेका छन् । बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै भारतका केही ठाउँमा रात्रिकालीन कर्फ्यु छ भने केही ठाउँमा लकडाउन छ ।कर्नाटकको सबैभन्दा ठूलो सहर बैङ्ग्लोरसहित ६ सहरमा भोलिदेखि वैशाख सात गतेसम्म रात्रिकालीन कर्फ्यु लगाइने भएको छ । यस्तै, मध्य प्रदेशमा आज  बिहान ६ बजेदेखि सोमवार बिहान ६ बजेसम्म लकडाउन छ । यस्तै, कोरोनाको उच्च जोखिम रहेका क्षेत्रका शिक्षण संस्था बन्द भएका छन् ।  

प्रकाशित : २७ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६