प्रदेश

बलात्कार प्रयासपछि ‘हल्ला हुने डर’ ले हत्या गरिएको खुलासा



काठमाडौं २७ चैत्र । मृत अवस्थामा भेटिएकी नौ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कार प्रयासपछि ‘हल्ला हुने डर’ ले हत्या गरिएको खुलासा भएको छ । बालिका श्री ग्रिलाह बालज्योति प्राथामिक विद्यालयमा कक्षा २ मा अध्ययरत थिइन् । हत्यामा संलग्न मुगु उत्तरी सोरु गाउँपालिका–८ का २० वर्षीय प्रवेश रावलले अपराध स्वीकारेसँगै यस्तो खुलासा भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख नायब उपरीक्षक चित्रबहादुर भट्टराईका अनुसार बालिका लक्ष्मीमाथि बलात्कार प्रयास भएको थियो । त्यसक्रममा चिच्याउन थालेपछि हत्या गरिएको प्रहरी अनुसन्धानबाट देखिएको छ ।तारापानीको घरनजिकै खेलिरहेकी बालिका गत शनिबारदेखि बेपत्ता थिइन् । उनको शव घरबाट झन्डै ५ सय मिटर टाढा मुगु कर्णाली नदी घाटनजिक माछा मार्न गएका स्थानीयले फेला पारेका थिए ।

शवनजिकै चाउचाउका पाकेट फेला परेपछि प्रारम्भिक अनुसन्धान अघि बढ्यो । तारापानी सिप बजारमा दुई जना चाउचाउ व्यापारी भएको र शनिबार साँझ बालिकाको घरनजिक छिमेकीले चाउचाउ लिएको खुल्न आएको छ ।शंकास्पद व्यक्ति प्रवेशलाई नियन्त्रणमा लिई अनुसन्धान थाल्दा ‘हत्या गरेको तर बलात्कार नगरेको’ उनले प्रहरीसमक्ष बयान दिएका छन् । ‘बलात्कार प्रयास गरेको हुँ, लक्ष्मीले चिच्याउने र कराउने गरेकीले हल्ला हुने डरले धकेलेर लडाएँ,’ अभियुक्त प्रवेशले बयानमा भनेका छन्, ‘त्यसपछि कर्णाली नदीमा फालिदिएँ ।

प्रकाशित : २७ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६