खेलकुद

चेन्नाईमाथि दिल्लीको शानदार जित



काठमाडौं २९ चैत  । साविक उपविजेता दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ ।ओपनरद्वय शिखर धवन र पृथ्वी शले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि दिल्लीले शनिवार चेन्नाईलाई ७ विकेटले पराजित गरेको हो ।

चेन्नाईले दिएको १ सय ८९ रनको लक्ष्य दिल्लीले १८.४ ओभरमा खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो । दिल्लीका लागि शिखर धवनको सर्वाधिक ८५ रन बनाए । उनले ५४ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । पृथ्वी शले ३८ बल खल्दै ९ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए । मार्कु स्टोइनिसले १४ रन जोडे । यस्तै पहिलो पटक दिल्लीको कप्तानी सम्हालेका ऋषभ पन्त १५ रनमा अविजित रहे ।चेन्नेईका सार्दुल ठाकुरले २ तथा डायन ब्राभोले १ विकेट लिए ।

त्यसअघि मुम्बईको वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । चेन्नाईको लागि सुरेश रैनाले अर्धशतक प्रहार गरे । गत संस्करण नखेलेका रैनाले यस पटक सुरुवातमै उत्कृष्ट ब्याटिङ गरे । उनले २६ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा ५४ रन बनाए ।

यस्तै मोइन अलीले ३६ रन जोडे । टिमको स्कोर ७ हुँदा ओपनर फाफ डु प्लेसिस र रितुराज गाएकवार्डलाई गुमाएको चेन्नाईका लागि रैना र मोइनले ५३ रनको साझेदारी गरेका थिए ।यस्तै आक्रामक ब्याटिङ गरेका साम करनले १५ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ३४ रन जोडे । अम्बाती राएडुले २३ रन बनाए ।

रविन्द्र जडेजाले १७ बल खेल्दै ३ चौका मद्दतमा अविजित २६ रन बनाए ।दिल्लीका लागि बलिङमा क्रिस वोक्स र आभेषष खानले २-२ तथा रविचन्द्रन आश्विन र टम करनले १-१ विकेट लिए ।आईपीएलमा आज सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्सबीच खेल हुनेछ । उक्त खेल चेन्नाईमा हुनेछ ।

प्रकाशित : २९ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६