स्वास्थ्य

कोरोना बढ्दै गएपछि उत्तर प्रदेशका विधालय अप्रिल ३० तारिखसम्मका लागि बन्द



काठमाण्डौ ३० चैत्र । कोरोना भाइरसको महामारी बढ्दै गएपछि भारतको उत्तर प्रदेशका सबै स्कुल अप्रिल ३० तारिखसम्मका लागि बन्द गरिएको छ ।कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकाले जोखिम कम गर्न विद्यालय बन्द गरिएको उत्तर प्रदेश सरकारलाई उदृत गर्दै बीबीसीले जनाएको छ । तर भौतिक दूरी कायम राखेर परीक्षा भने सञ्चालन हुनेछन् । यस्तै पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका क्षेत्रमा रात्रिकालिन कर्फ्यु लाग्ने भएको छ ।

लखनउ, कानपुर, गोरखपुर, इलाहाबाद, गाजियाबाद लगायतका सहरमा यसअघि नै रात्रिकालिन कर्फ्यु लागू भइसकेको छ । यस्तै सार्वजनिक कार्यक्रममा ५० जनाभन्दा धेरै भेला हुन पनि रोक लगाइएको छ ।हिजो उत्तर प्रदेशमा १५ हजार चार सय जनामा कोरोना पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या ६ लाख ९२ हजार पुगेको छ । भारतमा दैनिक डेढ लाखभन्दा धेरै सङ्क्रमित देखिन थालेपछि विभिन्न प्रदेशमा लकडाउन र कर्फ्यु लगाउने क्रम बढेको छ ।

प्रकाशित : ३० चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६