स्वास्थ्य

भारतले रुसमा बनेको कोरोना विरुद्धको खोप प्रयोगमा अनुमति दियो



काठमाण्डौ ३१ चैत्र । भारतले रुसमा बनेको कोरोना विरुद्धको खोप प्रयोगमा अनुमति दिएको छ ।रुसमा बनेको स्पुतनिक भी खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।यसअघि भारतका विज्ञ समूहले त्यहाँ यो खोपको आपत्कालीन प्रयोगका लागि सिफारिस गरेको थियो । योसँगै भारतमा अब कोरोना विरुद्धको तीन वटा खोप प्रयोगमा आउने छन् ।सेरम इन्स्टिच्यूट अफ इण्डिया र अक्सफोर्ड एस्ट्राजेनेकाको सहयोगमा बनेको कोभिसिल्ड खोप तथा बायोटेक कम्पनीले उत्पादन गरेको खोप अहिले प्रयोगमा छन् भने अब रुसको स्पुतनिक भी खोप पनि प्रयोगमा आउने भएको हो ।

रुसमा बनेको खोपलाई भारतसमेत गरेर विभिन्न ६० देशले प्रयोग गर्न अनुमति दिएका छन् ।भारतमा गएको २४ घण्टामा १ लाख ६१ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतमा सक्रिय कोरोना सङ्क्रमितको संख्या १२ लाख ६४ हजार ७ सय पुगेको छ । यस्तै, गएको २४ घण्टामा कोरोनाका कारण भारतभर ८७९ जनाको ज्यान गएको छ ।भारतमा अहिलेसम्म कोरोना सङ्क्रमित हुनेको संख्या १ करोड ३६ लाख ८९ हजार ४५३ पुगेको छ भने ज्यान गुमाउनेको संख्या १ लाख ७१ हजारभन्दा धेरै छ ।  भारतमा १० करोड ८५ लाख ३३ हजारभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । 

प्रकाशित : ३१ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६