स्वास्थ्य

भिटामिन ए तथा जुकाको औषधि खुवाउदाँ सावधानी अपनाउन सरकारको आग्रह



काठमाण्डौ २ बैशाख । बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रममा विशेष सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।स्वास्थ्य मन्त्रालयले वितरण केन्द्रमा भीडभाड नगर्न, कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, मास्कको सही तरिकाले प्रयोग गर्न तथा साबुनपानीले पटकपटक हात धुन तथा स्यानिटाइजरले हात सफा गर्न अनुरोध गरेको हो ।

बालबालिकालाई कोरोनाको सङ्क्रमणबाट जोगाउन स्वास्थ्य सुरक्षा अपनाएर सावधानीका साथ नजिकको वितरण केन्द्रसम्म लैजान पनि मन्त्रालयले अभिभावकसँग आग्रह गरेको छ । पछिल्ला दिनहरुमा बालबालिकामा कोरोना सङ्क्रमण बढ्न थालेपछि मन्त्रालयले सचेत गराएको हो ।आउँदो ६ र ७ गते ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ुएु क्याप्सुल तथा १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम हुँदैछ । 

प्रकाशित : २ बैशाख २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६