कपिलवस्तु, ३ वैशाख । लुम्बिनी प्रदेशका एक इमान्दार पत्रकार तथा वरिष्ठ मानवअधिकार कर्मी नन्दराम पौडेलको सडक दुर्घटनामा गत (चैत ३१ गते) राती कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका वार्ड नम्बर ८ स्थित चप्पर गाउँमा पछाडिबाट आउँदै गरेको ट्रकले मोटर साइकललाई ठक्कर दिदा मोटरसाइकलमा सबार पौडेलको निधन भयो ।
५० वर्षीय पत्रकार पौडेल आफू प्रधान सम्पादक रहेको पत्रिका बुद्धाआवाज साप्ताहिकको कार्यालय चार नम्बर जितपुरमा कार्य सम्पादन र मानवअधिकारको वैठक गरि साँझ बुद्धभुमी ४ बुड्ढि गेलबार घर फर्कने क्रममा साझ ७.३० मा दुर्घटना परेका थिए । मोटरसाइकललाई ठक्कर दिएपछि ट्रकलाइ छोडेर चालक भागेपछि स्थानियले महेन्द्रराजमार्ग बन्द गराएका थिए ।
दुर्घटना भएको केही बेरमा पुगेको प्रहरिले ट्रकलाइ गोरुसिङ्गे प्रहरी कार्यालयमा पुररायो भने स्थानियले बन्द गराएको बाटोलाई मृतकका परिवारले प्रहरिलाई अनुरोध गरेर करिब आधा घण्टा भित्रै खुलाइएको थियो । दुर्घटनाबाट निधन भएका पौडेललाई सामुदायिक अस्पताल चार नम्बर जितपुरमा देख्न आफन्त राजनैतिक पार्टीका नेता, पत्रकार, मानवअधिकारवादी, जनप्रतिनिधिहरुको ठूलो भिड लागेको थियो ।
प्रहरीले घटनास्थलको मुचुल्का र सहित पोस्टमार्टमको लागि राती नै शव जिल्ला अस्पताल तौलिहवा पठाइ अर्को दिन बिहान ११ बजे लक्षमणघाटमा अन्त्यस्टी गरिएको थियो । मृतक पौडेलको पार्थिव शरीरलाई नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरी , पुर्व अध्यक्ष डिलाराम भुषाल , वर्तमान अध्यक्ष किरणमान वज्राचार्य महासंघको झण्डा ओडाएका थिए । मृतक पौडेललाई जेठी छोरी बिनिशा , जेठो छोरा बिनिस र कान्छो छोरा बिनिसले अन्तिम दागबत्ति दिएका थिए ।
२०५२ साल देखि मानाधिकार बादी सन्स्था इन्सेकको जिल्ला प्रतिनिधि भै मानवाधिकारवादी क्षेत्रमा काम थालेका पौडेल कपिलवस्तुमा हुने हरेक मानवाधिकार उल्लंघनका घटनामा पिडितको पक्षमा जस्तो सुकै अवस्थामा पनि उभिने गर्दथे ।२०५९ र २०६४ सालमा कपिलवस्तुको पश्चिम र दक्षिण क्षेत्रमा घटेका घटनालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नेमा पौडेलले नै अग्रणी भुमिका निर्वाह गरेका थिए ।माओवादी द्वन्दको बेला नेपाली सेनाले कपिलवस्तुका तीन जना माओवादी कार्यकर्तालाई गोरुसिङ्गे सैनिक गणमा हिरासतमा लिइ दिएको यातानालाई अन्तर्राष्ट्रिय करण गर्दै नेपाली सेनाला कर्णेल कुमार लामालाइ बेलायतमा पक्राउ गराई त्यहा स्थित अदालतमा साक्षिको रुपमा तीन पटक बेलायत पुगेका थिए ।
कुमार लामले बेलायतमा मुद्धा जिते पछि पौडेललाइ खतरा हुन सक्दछ भन्दै जर्मनिको आबासिय भिसा लाग्दा पनि बिदेश भन्दा देश नै प्यारो भन्दै देशमै युरोपियन युनियनको भिसालाई अस्विकार गर्दै जिल्लाको सबै भन्दा अग्रणी मानवाधिकार कर्मिको छवि निर्माण गरेका थिए ।
कपिलवस्तु जिल्लामा रहेका पत्रकारहरुलाई सङ्गठित गरि २०५९\६० मा जिल्लाको पत्रकार महासंघको सन्स्थापक सदस्य रहेका पौडेल कपिलवस्तु जिल्लामा प्रेश चौतारी नेपालको सन्स्थापक सदस्य हुँदै जिल्ला अध्यक्ष समेत भएका थिए ।वतन्त्र पत्रकार महासंघको केन्द्रिय सचिव समेत भएका पौडेल पछिल्लो समय पत्रकार महासंघ लुम्बिनी प्रदेशको कोषाध्यक्षमा लडेका थिए ।
लुम्बिनी अन्चलमा पराजित भरत केशिको टिमबाट उम्मेदवार भएका पौडेल उक्त टिममा सबै भन्दा बढी भोट लिएर पराजित हुने मध्यमा थिए । बामपंथी झुकाब भएका पौडेल नेकपाका जिल्ला कमिटी सदस्य समेत रहेका थिए । पौडेलका एक श्रीमती एक छोरी र दुई छोराहरु रहेका छन् ।








प्रतिक्रिया