स्वास्थ्य

वैशाख दोस्रो सातासम्म १० लाख डोज कोभिसिल्ड खोप नेपाल आउने



बुटवल ३ बैशाख । सेरम इन्स्टिच्युटबाट खरिद गरेको कोभिड– १९ विरुद्धको १० लाख डोज कोभिसिल्ड खोप वैशाख दोस्रो सातासम्म नेपालमा उपलब्ध गराइदिने आश्वासन भारत सरकारले दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी डा. एस. जयशंकरबीच २७ चैतमा भएको टेलिफोन वार्तापछि नेपालले छिट्टै खोप पाउने सम्भावना बढेको छ । आन्तरिक खपतका कारण खोप निर्यातमा अल्पकालीन रोक लगाएकाले नेपालमा बाँकी खोप आउन ढिलाइ भएको भारतले जवाफ दिएको छ आजको नयाँ पत्रीकामा पर्शुराम काफ्लेले लेखेका छन ।

दुई मन्त्रीको टेलिफोन वार्तापछि खोप छिटो आपूर्तिका लागि अनुकूल अवस्था बनेको दिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले बताए । ‘भारतबाट खोप खरिदका लागि अग्रिम भुक्तानी दिएका र प्रतीक्षा गरिरहेका हामी मात्रै होइन, बेलायत, साउदी अरब, बहराइनलगायतका देश छन् । भारत सरकारले चाँडै नै निर्यात खुला गर्ने र त्यसक्रममा सबैभन्दा पहिला नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउँछौँ भन्ने वचन पाएका छौँ,’ सुवेदीले नयाँ पत्रिकासँग भने, ‘दुईजना मन्त्रीज्यूहरूबीच कुराकानी भएपछि अनुकूल अवस्था बनेको छ ।’ परराष्ट्र मन्त्रालय स्रोतका अनुसार वैशाख १५ भित्र खोप नेपाल आइपुग्ने आश्वासन नेपालले पाएको छ ।

नेपालले भारतको सेरम इन्स्टिच्युटसँग १० लाख डोज खोप खरिद गर्ने सहमति गरेको थियो । सेरम भारतीय सरकारी कम्पनी नभएका कारण दुई सरकारबीच जिटुजी खरिद सम्झौता भएन । नेपाल सरकारले सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि सुरुमै ८० प्रतिशत अग्रिम भुक्तानी गरिसकेको छ । नेपालले १० लाख डोज खोप ल्याइसकेको छ भने १० लाख डोज बाँकी छ । बाँकी खोप समयमा नआउँदा नेपालमा दोस्रो चरणको खोप अभियान प्रभावित हुने अवस्था आएको छ ।

प्रकाशित : ३ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६