खेलकुद

बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि



एजेन्सी ५ बैशाख । बार्सिलोनाले स्पेनिस कोपा डेल रे को फुटबलको उपाधि जितेको छ।गए राति भएको फाइनलमा एथ्लेटिक बिल्बाओलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो।बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे। त्यस्तै एन्टोनियो ग्रीजम्यान र फ्रेन्की डी जोङले एक एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको १२ मिनेटभित्र चार गोल गर्दै बार्सिलोना च्याम्पियन बनेको हो।

खेलको ६०औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।खेलको ६३ औं मिनेटमा जोङले गोल गर्दा बार्सिलोनाको अग्रता २-० को बन्यो। ६८ औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोना ३-० ले अघि रह्यो। त्यसपछि खेलको ७२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए।यससँगै बार्सिलोनाले कीर्तिमानी ३१ औं पटक कोपा डेल रे को उपाधि जितेको छ। बिल्बाओ भने लगातार दोस्रो पटक उपविजेता बनेको छ।

प्रकाशित : ५ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६