अर्थ-वाणिज्य

कोभिडवाट जनजीवन जोगाउन कपिलवस्तुको विशेष तयारी



कपिलवस्तु ८ बैशाख  । कपिलवस्तुका खुल्ला सिमानामा स्थानीय प्रशासनले स्वास्थ्यकर्मिको सहयोगमा कोरोना संक्रमितको  चेकजाँच गरेसँगै संक्रमित फेला परेका छन् ।  कपिलवस्तुमा पछिल्लो समय भारतका विभिन्न ठाउँबाट आएका चार हजार बढिको चेकजाँच गर्दा ५५ जनामा ज्वरो पाइएको मध्ये ५ जनामा कोरोना पोजेटिभ पाएसँगै होम आइसोलेसना राखि उपचार गरी सावधानी अपनाइएको छ । कोरोनाको दोस्रो लहर बढेसँगै कपिलवस्तुमा ४३ संक्रिय संक्रमित भेटिएका छन् । जसमध्ये गम्भीर ५ जनाको बुटवल कोरोना अस्पताल रामनगरमा उपचार भैरहेको कोरोना फोकल प्रसन उमेश घिमिरेले जानकारी दिनुभयो ।

भारतका विभिन्न ठाउँमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतमा रोजगारीका लागी पुगेका घर फर्कने नेपालीको संख्या कृष्णनगर नाकामा मात्रै अगीपछि डेढदेखी २ सय भएपनि अहिले बढेर दोव्वर हुँदा संक्रमित बढेका छन् । प्रहरीका अनुसार कृष्णनगर, मर्जादपुर, चाकरचौडा लगायत स्थानमा हेल्पडेक्स राखेर मानिसको चेकजाँच गरेपनि खुल्ला सिमानासँगै भारतबाट नेपाल भित्रने तरकारी लगायतका मालबाहक गाडी भने रोकिएका छैनन् । यता जिल्लामा कोरोना संक्रमतिको संख्या बढे पनि सार्वजनिक स्थानहरुमा मान्छेको चहलपलह भने घटेको छैन ।

बिना मास्क मान्छेहरु हिडने गरे पछि कोरोना फैलने खतरा बढेको भन्दै स्थानीयक प्रशासनले मास्को प्रयोगमा कडाई गरेको हो । प्रजिअ चक्रपाणी पाण्डेले जिल्लामा कोरोना सक्रमितको संख्या बढे पछि मास्को प्रयोमगा कडाई गरिने बताए । उनले मास्क प्रयोग गर्न अपिल जारी राखिए पनि त्यस तर्फ चासो नदिएकाले अब कडाई गरिने बताए । अनावश्य भीडभाड नगर्न, मास्क र सेनीटाईजरको प्रयोग सामाजिक दुरी कायम गर्न उनले अपिल गरे । भारतीय बजारमा किनमेल गर्न नजान, नाकाहरुमा आवतजावत नगर्न, सार्बजननिक यातायातमा अनिवार्य मास्क प्रयोग नर्ग समेत उनले आग्रह गरे । 

यस्तै कपिलवस्तुको कृष्णनगर नाकामा एक हजार जना अटाउने आइसोलेशन सेन्टर बनाउने तयारी गरिएको छ । लुम्बिनी प्रदेश सरकारको निर्णय अनुसार कृष्णगनरमा एक हजार अटाउने आईसोलने सेन्टर बनाउने तयारी गरिएको हो । प्रजिअ  पाण्डेले प्रदेश सरकारको सहयोमगा कृष्णगनर नाकामा एक हजार अटाउने आईसोलशेन सेन्टर बनाउने तयारी गरिएको बताए । 

प्रकाशित : ८ बैशाख २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६