जीवनशैली

कोभिडले दिएको पिडा : बेहुली लिने तयारी, गए मलामी



कपिलवस्तु ११ बैशाख ।कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुर चोकमा विहेको लागि लगाइएको टेन्ट उतरिएको छ । विहेको रमाइलो माहोल सुरु हुन लाग्दा लाग्दै, अत्यन्त अप्रिय घटना घटेको छ । शनिवार धुमधाम विहे गर्ने तयारी थियो । तर दुर्भाग्य कोरोना स्रक्रमण भई काठमाण्डु उपचारमा रहेका घरको सदस्यको मृत्यु भए पछि परिवार शोक मग्न भएको छ ।परिवारका हट्टाकट्टा सदस्यको मृत्यु भए पछि जितपुरमा व्यव्साय गर्दै आएका परिवारमा ठुलो चोट पुराएको छ ।

परिवारको छोरा छोरीको एक पटक विहेको तयारी भएको थियो । छोरीलाई शुक्रवार राती नै टिकाटालो गरेर पठाइएको थियो । तर छोराको जन्ति जाने दिन शनिवार थियो । जन्ती जानु अगाडी मृत्युको खवर आए पछि विबाहको काम रोकिएको छ । 

वाणगंगा नगरपालिकामा कोभिडको दोस्रो पटकको लहरले स्वस्थ्य, हट्टा कट्टा मानिसले ज्यान गुमाउनु परेको छ । शनिवार विहान काठमाण्डुमा मृत्यु भएका वडा नं. ४ का ५२ वर्षका पुरुषको अप्रत्याशित देहान्तले कोरोनाले स्वस्थ्य मानिसलाई पनी मृत्यु गराउन सक्ने रहेछ भन्ने तथ्य उजागर गरेको छ । यस अगाडी राजापानीमा होटेल संचालन गरेका युवक पनि कोरोनाको कारणले ज्यान गुमाउने परेको थियो ।

आँखा अगाडीका घटना बाहिर आउँदा पनि स्थानीय भने सचेत भएका छैनन् । मानिस हरु सामाजिक सञ्जालमा सरकारलाई गिज्याइरहेका छन् । कपिलवस्तुमा अहिले कोरोना संक्रमितको संख्या १ सय नाघेको छ । तर स्थानीय सरकारले भने सर्तकताको लागि प्रयाप्त चासो दिएको छैन । हाटवजार संचालनमा रहेका छन् । विद्यालय चालु अवस्थामा रहेको छ । ठाउँ ठाउँमा भिँड भाँड रहेको छ । जसले गर्दा कपिलवस्तु कोरोनाको रेड जोनमा पर्ने निश्चित देखिन्छ । 

प्रकाशित : ११ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६