प्रदेश

नेपालगञ्जमा ५० शैंयाको अक्सिजन सहितको आइसोलेसन केन्द्र तयार



बैशाख १७ ,बाके ।

नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगन्जको रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० शैंयाको अक्सिजन सहितको आइसोलेसन केन्द्र तयार पारेको छ । उप–महानगरपालिकाका कार्यबाहक नगरप्रमुख उमा थापा मगरले बिहिवारदेखि कोभिडका विरामीहरुको उपचार शुरु गर्ने गरि आईसोलेसन केन्द्र तयार पारिएको हो । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा उपमहानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गर्न लागेको कार्यबाहक नगरप्रमुख मगरले जानकारी दिनुभयो ।  उपमहानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गरेपछि भेरी अस्पतालमा विरामीको चाप कम हुनेछ । नेपालगञ्ज उपमहानगरपालिकाले सामान्य विरामीका लागि ह्वाईट हाउसमा समेत आइसोलेसन वार्ड सञ्चालन गरिरहेको छ । आईसोलेसन वार्ड तयार गरेको उपमहानगरपालिकाले कोरोना परीक्षणका लागि स्वाव संकलन कार्य समेत सुरु गरेको मगरले बताउनुभयो ।

अस्पतालमा संक्रमितहरुको लागि बेडको अभाव देखिएपछि स्थानीय पालिका र वडा कार्यालयहरुले कोभिड आइसोलेसन निर्माण गर्न शुरु गरेका छन । त्यस्तै नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ४ को कार्यालयले आप्mनै वडामा निर्माण गर्न शुरु गरेको आईसोलेसन कक्षको काम पनि अन्तिम चरणमा पुगेको छ । वडाध्यक्ष मोहम्मद सफिक बेहनाले अक्सिजन सहितको १० बेडको कोभिड आइसोलेसन आइतबारदेखि सन्चालनमा आउने जानकारी दिनुभयो । अध्यक्ष बेहनाका अनुसार आइसोलेसनमा ३ वटा सिसिटिभी क्यामेरा, वाइफाई सबै जडान गरिने भएको छ । अस्पताल संचालनका लागि २ जना  मेडिकल अफिसर, ४ जना  स्टाफ नर्सका लागि वडा कार्यालयले दर्खास्त आव्हान गरिसकेको पनि अध्यक्ष बेहनाले जानकारी दिनुभयो ।

प्रकाशित : १७ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६