प्रदेश

एकीकृतरूपमा एम्बुलेन्स सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह



बैशाख १७ , काठमाण्डौ – 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृतरूपमा परिचालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासनलाई आज पत्र लेख्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृतरूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन अनुरोध गर्नुभएको हो । ’कोभिड–१९ को सङ्क्रमण बढ्दै गएर व्यवस्थापनमा चुनौतीहरु थपिँदै जाँदा नियमित स्वास्थ्य सेवा लिन तथा सङ्क्रमितलाई अस्पताल पुर्याउन समस्या भइरहेको अवस्था छ’, पत्रमा भनिएको छ, ’त्यसैले जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्सहरु जिल्लाभित्र एकीकृतरूपमा परिचालन गरी सेवाग्राहीलाई सहज हुने गरी १०२ नंको व्यवस्था गरिदिन अनुरोध छ ।’

प्रकाशित : १७ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६