प्रदेश

अझै दुई महिना लाग्न सक्ने भारतबाट खोप आउन



१७ वैशाख, काठमाडौँ । 

आगामी जुलाई महिना अगाडी भारतले नेपालसहित छिमेकी मुलुकहरु बंगलादेश र श्रीलंका लगायतलाई खोप उपलब्ध गराउने सम्भावना कम रहेको भारतीय अधिकारीहरुले बताएका छन् । भारतमा कोरोना संक्रमितको संख्या केही साता यता ह्वात्तै बढेको छ भने मे १ देखि भारतले १८ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान शुरु गर्ने तयारी गदैछ ।

सेरम इन्स्टिच्यूटले उत्पादन गरेको खोप आन्तरिक रुपमा प्रयोग गर्ने नीति भारतले लिएपछि अहिले निर्यात रोकिएको छ । भारतको यो नीतिले पहिला नै भुक्तानी गरिसकेका नेपाल लगायतका अन्य छिमेकी मुलुकहरु प्रभावित भएका छन्। तर, भारतले तत्कालै निर्यात सुचारू नगर्ने जानकारी दिएको छ ।

भारतीय अंग्रेजी पत्रिका दि हिन्दुले भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीलाई उद्धृत गदै छिमेका खोप निर्यात सुचारु गर्न अझै २ महिना लाग्ने उल्लेख गरेको छ । ती अधिकारीले भारतले अब खोपको उत्पादन बढाउने आन्तरिक मागसँगै छिमेकमा पनि निर्यात गर्ने बताएका छन् । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रीङगलाले पनि तत्कालै खोप अन्य मुलुकमा निर्यात नगर्ने संकेत गरेका छन् । बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गदै भारतिय विदेश श्रीङ्गलाले भ्याक्सीन सप्लाई गर्ने सम्बन्धमा केही पनि बताएनन्। उनले अहिले भारतको आफनै आवश्यकता धेरै भएको र आफ्ना साझेदार मुलुकहरुले यो सन्दर्भलाई बुझ्नु पर्ने बताए । उनले खोपको उत्पादनलाई निकै बढाउनुपर्ने समेत बताए ।

अहिले विशेषतः नेपाल र बंगलादेशले पहिला नै भुक्तानी भइसकेको खोप उपलब्ध गराउन भारत सरकारसँग ताकेता गरिरहेका छन । भ्याक्सिन उप्पादन गरेपछि भारतले संसारका ९० भन्दा बढी मुलुकलाई अनुदान वा व्यापारिक हिसाबले खोप उपलब्ध गराएको छ । यतिवेला भने भारत आफैले अमेरिका लगायत अन्य मुलुकबाट खोप ल्याउने तयारी गरेको छ । भारतले रसियाबाट समेत खोप ल्याउने तयारी अगाडी बढाएको छ भने रसियाले निर्माण गरेको खोप भारतमा नै उत्पादन गर्ने सम्बन्धमा समेत दुई मुलुकबीचमा कुराकानी भइरहेको छ । यता, नेपालले भने कम्तीमा भुक्तानी भइसकेको १० लाख खोप उपलब्ध गराउन आग्रह गरेको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले यस सम्बन्धमा भारतीय अधिकारीहरुसँग कुराकानी गरिरहेको छ । तर, भारतबाट तत्काल खोप आउने सम्भावना नभएपछि सरकारले चीन, रसिया र अमेरिका लगायतका मुलुकबाट खोप किन्ने तयारी अगाडि बढाएको छ ।

प्रकाशित : १७ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६