प्रदेश

कपिलवस्तु अस्पतालले २२ बेडको कोरोना अस्थायी अस्पताल संचालन गर्दै



कपिलवस्तु १७ बैशाख –

कपिलवसतु अस्पतालको मातहतमा रहने गरी तौलिहवा स्थित तत्कालीन महिला तथा बालबालिका कार्यालयमा संचालनमा ल्याउन लागिएको कोरोना अस्थायी अस्पतालको तयारी तीब्र पारिएको छ । कोरोना अस्पताल संचालनकालागि कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले बिशेष पहल गरेका हुन । अस्पतालमा २२ जना बिरामी राख्ने बेड, अक्सिजनका सिलिन्डर लगायतका अन्य आवश्यक सामाग्रीहरु धमाधम ल्याइएका छन । सो स्थानमा एक महिना अघि नै पिसिआर मेशीन जडान गरी परिक्षण सूरु भई सकेको छ । कोरोना अस्पताल संचालन र ब्यवस्थापनकालागि लुम्बिनी प्रदेश सरकारले २५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको अस्पतालका मेशु किशोर बन्जाडेले बताउनुभयो । ६ महिना अघि पिसिआर मेशीन संचालन र ब्यवस्थापनकालागि पालिकाका प्रमुखले ६÷६ लाख दिने लिखित प्रतिबद्धता गरे पनि कपिलवसतु नगरपालिका बाहेक अहिले सम्म कसैले नदिएको मुेसु बन्जाडेले बताउनुभयो । 

मेयर सिंहले कोरानाका कारण बिरामीहरु उपचारबाट बंचित भएको बेला आफुले कोरोना अस्पाल संचालनकालागि अघि बढन मेसु बन्जाडेलाई निर्देशन दिएको बताउनुभएको छ । उहाले यो अस्पताल संचालनमा आए पछि कोरोनाका बिरामीको उपचारमा केही भए पनि सहजता आउने बताउनुभयो । रकम अभाव भएका बेला प्रदेश सरकारले २५ लाख रकम बिनियोजन गरी पठाउने निर्णय गरे पछि आफुहरु उत्साही भएको मेसु बन्जाडेले बताउनुभयो । अस्पतालमा केही दिन मै  कोरोनाका बिरामीहरुलाइृ राखेर उपचार सूू्ररु गर्ने उहाले बताउनुभयो । 

प्रकाशित : १७ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६