प्रदेश

कोरोना सङ्क्रमण बढेका जिल्लामा धान्नै नसक्ने अवस्था आयो : स्वास्थ्य मन्त्रालय



१७ वैशाख ,काठमाण्डौ – 

सरकारले कोरोना सङ्क्रमणबाट अति प्रभावित जिल्लाहरूमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको छ । स्वास्थ्य मन्त्रालयले सर्वसाधारणका लागि अपिल जारी गर्दै मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बिरामीको सङ्ख्या धान्नै नसक्ने अवस्थामा पुगेको बताएको हो ।सङ्क्रमणका विरामीका लागि अस्पतालमा शय्या उपलब्ध गराउनै नसक्ने अवस्था आएको र सङ्क्रमण डरलाग्दो गरी बढिरहेको भन्दै मन्त्रालयले स्वास्थ्यका मापदण्ड पालना गर्न सबैसँग अनुरोध गरेको छ । 

यसैबिच नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ६१ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा २८ जनासहित थप ३३ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार दुई सय ७९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १५ हजार तीन सय ९१ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ६ सय ५७ जना र पाँच सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जना गरी पाँच हजार सात सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । एकैदिनमा नयाँ सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । थपिएकासहित नेपालमा तीन लाख २३ हजार एक सय ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिले नेपालमा ३८ हजार आठ सय १३ जना सक्रिय सङ्क्रमित छन् ।  

प्रकाशित : १७ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६