प्रदेश

विराटनगरको नोबेल अस्पतालमा तीन जना संक्रमितको मृत्यु



वैशाख १८, विराटनगर — 

विराटनगर महानगरपालिकाका नगर प्रहरी हवल्दारसहित तीन जना कोरोना संक्रमितको शनिबार नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । 

विराटनगर ३ घर भई १७ वर्षदेखि नगर प्रहरीमा कार्यरत ५७ वर्षीय हवल्दारको शनिबार बिहान मृत्यु भएको हो । वैशाख १५ गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रबार नोबेल अस्पतालमा भर्ना भएका उनको हृदयघातसमेत भएर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताउनुभएको छ ।

त्यस्तै सप्तरीको राजविराज ९ का ४५ वर्षीय संक्रमित पुरुषको र महोत्तरी गाउँपालिका–६ का ३५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको दाहालले बताउनुभयो । संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था गम्भीर भएपछि शुक्रबार उपचारका लागि अस्पताल भर्ना गरिएको उहाले बताउनुभयो । राजविराजका ४५ वर्षीय संक्रमित मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी रहेको दाहालले जानकारी दिनुभएको छ ।

प्रकाशित : १८ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६