प्रदेश

कपिलवस्तुका आधादर्जन छोटी भन्सार कार्यालय अझै पुनस्र्थापना भएनन



विकास बन्जाडे , कपिलवस्तु बैशाख १८ । 

सशस्त्र द्वन्द्वका बेला विस्थापित कपिलवस्तुका आधादर्जन छोटी भन्सार कार्यालय अझै पुनस्र्थापना भएका छैनन् । छोटी भन्सार कार्यालयहरु पुनस्र्थापना नहँुदा सीमा नाकामा माल समानको चोरी तस्करी हुनुका साथै  दैनिकलाखौं रुपैयाँ राजस्व समेत गुमेको छ । भन्सारको मुख्य कार्यालय कपिलवस्तुको कृष्णनगर सहित भिल्मी, अजिगरा, कजरहवा, रँगपुर, चाकरचौडा, सुठौली गरी सातवटा भन्सार कार्यालय छन् । तीमध्ये मुख्यभन्सार कार्यालय कृष्णनगर, सुठौली बाहेक अन्य छोटी भन्सार कार्यालय सन्चालनमा छैनन् । सशस्त्र द्वन्द्वका बेला कपिलवस्तुमा २०५६ सालमा छोटी भन्सार कार्यालय बिस्थापित भएका थिए । खुल्लासीमाका कारण भारतीय सीमावर्ती क्षेत्रमा अवैद्य कारोबार मौलाएकाले यसलाई नियन्त्रण गर्न पनि छोटी भन्सारहरु पुनस्र्थापना गर्न स्थानीयले माग समेत गरेका छन् ।  

प्रकाशित : १८ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६