कपिलवस्तु ३० बैशाख ।कपिलवस्तुमा पछिल्लो २४ घण्टामा थप १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार बिहीबार थप १ सय २० जनामा संक्रमण पुष्टी भएको हो । यो संगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १२ सय ४५ पुगेको छ । यस्तै आज नै ४४ संक्रमित निको भएका छन् ।
स्वास्थ्य कार्यलय कपिलवस्तु कोरोना फोकल पर्सन उमेस घिमिरेका अनुसार बिहिबार थप ५ संक्रमितको ज्यान गएको छ । शिवराज नगरपालिकाका २, कपिलवस्तु नगरपालिकाका १, वाणगंगा र कृष्ण नगरका १/१ गरी ५ संक्रमितको मृत्यु भएको छ । यो संगै जिल्लामा कोरोना संक्रमणका कारण मृतकको संख्या १०७ पुगेको छ ।








प्रतिक्रिया