भैरहवा १८ जेठ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रहरीलाई घुस दिन खोज्ने एकजनालाई पक्राउ गरि अभद्र ब्यवहार मुद्धा दर्ता गरेको छ ।डिउटीमा खटिएको प्रहरी टोलीलाई प्रलोभनमा घुस दिन खोजेकोले पाल्पा मिस्ती गाउँपालिका–२ थामडाँडा घर भइ हाल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ डाँडागाउँका ३७ वर्षिय लोक बहादुर बयम्बु मगरलाई नियन्त्रणमा लिई कारवाही गरिएको हो ।
सिद्धार्थनगर नगरपालिका वडा नं १२ डाँडागाउ स्थित डिउटीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मगरले ३ बाक्सा मदिराजन्य पदार्थ लिई हिडेका थिए। चेकजाँचको क्रममा खटिएका प्रहरीले सोधपुछ गर्ने क्रममा डिउटीमा खटिएको प्रहरी टोलीलाई प्रलोभनमा रु पार्दै २५००।– दिन खोजेको र सार्वजनीक स्थानमा प्रहरी टोली संग अनावश्यक वादविवाद तथा गालि गलौज समेत गरेकोले मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए।
मगरलाई आवश्यक अनुसन्धान पश्चात अभद्र व्यवहार मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको डिएसपी थापाले जानकारी दिए ।








प्रतिक्रिया