जीवनशैली

कपिलवस्तुमा एक महिने निशेधाज्ञाको प्रभाव सकारात्मक : सकृय संक्रमित ५ सय भन्दा कम हुदै



कपिलवस्तु २२ जेठ । एक महिने लामो जिशेधाज्ञा पछि कपिलवस्तुमा कोरोना संक्रमितको संख्या निरन्तर घटदै गएको स्थानीय प्रशासनले ठहर गरेकोछ । गत बैशाख २१ देखि जिल्लामा निषेधाज्ञा जारी छ । त्यस यता निरन्तर संक्रमितको संख्या बढीरहेको बेला एक साता यता भने कोरोना संक्रमिको संख्या घटदै गएको हो । 

स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जेठ २० गते साझ सम्म जिल्लामा ६ सय ८४ जना मात्र सकृय संक्रमित छन । यो विचको निशेधाज्ञाले सकारात्मक रुपमा प्रभावपारेको कपिलवस्तुका प्रजिअ चक्रपाणी पाण्डेको भनाइछ । यस बीचमा प्रहरी प्रशासनको कडाई र जनस्तरको साथ समर्थनले कपिलवस्तुमा निशेधाज्ञा प्रभावकारी देखिएको प्रजिअ पाण्डेको भनाइछ । 

पहिलो र दोश्रो लहर गरी जिल्लामा ५ हजार २०६ जना संक्रमित भएकोमा ४ हजार ३३८ जना संचो भई घर फर्कि सकेको कोरोना फोकल पर्सन उमेश घिमिरेले बताए । जेठ २० गते सम्म १ सय ८४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन । संक्रमित मध्ये अधिकांस होम आइसोलेशनमा बसेका थिए  ।

 जिल्ला अस्पतालमा अहिले २१ जना मात्र कोरोनो संक्रमित उपचाररत रहेको डाक्टर गणेश क्षेत्रीले बताए । ५ जना आईसुयुमा छन । स्वास्थ्य कार्यालयका प्रम्ुख हेमराज पाण्डेयले एक साता यता कोरोना संक्रमित र मृत्युको संख्या निरन्तर घटेको बताए । उनले संख्या घटनुको कारण लकडाउन समेत रहेको प्रष्टाए । 

तर पालिकाहरुमा टेस्ट गराउनेको संख्या निकै कम भएको उनले बताए । कोरोना संक्रमितको संख्या निरन्तर घटेयो भने आउने जेठ २४ सम्म नै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय भन्दा कम हुने अनुमान गरिएको छ । कोरोना संक्रमितको संख्या कम भएसंगै अव बिस्तारै लकडाउनका स्वरुप परिवर्तन हुने प्रशासन श्रोतले जनाएको छ ।

प्रकाशित : २२ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६