काठमाडौं, २३ जेठ । संवैधानिक इजलासमै निष्पक्षताको प्रश्न उठेपछि रोकिएको संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज (आइतबार) पुनः हुँदैछ ।
नेकपा भङ्गको फैसला र त्यो पुनरावलोकन अस्वीकार गर्ने निर्णयमा संलग्न न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासबाट हटाउनुपर्ने आवाज उठेपछि प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराले न्यायाधीशको वरिष्ठताका आधारमा इजलास पुनर्गठन गर्ने वचन दिंदै प्रतिनिधि सभा विघटन मुद्दा सुनुवाइ गर्न आजका लागि पेसी तोेकका हुन् ।
तर त्यसका लागि गरिने भनिएको नियमावली संशोधनबारे गत शुक्रबार बसेको सर्वाेच्च अदालतको पूर्ण बैठकमा छलफल गरिएन । त्यस दिन प्रधानन्यायाधीश जबराले नागरिकता विधेयकसम्बन्धी मुद्दाका लागि भने न्यायाधीशको वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् ।
अब आज संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गर्न उनले वाचाअनुरूप न्यायाधीशको वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन गर्लान् किन नगर्लान् भन्ने आम नागरिकले चासोका साथ हेरिरहेका छन्








प्रतिक्रिया