अर्थ-वाणिज्य

सुनुवाइमा प्रवेश नै नगरी संवैधानिक इजलास स्थगित



काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनबारे परेका रिटहरूमाथिको सुनुवाइमा प्रवेश नै नगरी संवैधानिक इजलास स्थगित भएको छ ।

पुनर्गठित इजलासमा दोहोरिएका न्यायाधीशहरुबारे महान्यायाधिवक्तासहित सरकार पक्षका वकिलहरुले प्रश्न उठाएपछि विवाद सुरु बढेको छ । न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको विषयमा सरकार पक्षका वकिलले प्रश्न उठाएका छन् ।

इजलास शुरु हुनासाथ सरकार पक्षका चार वकिलले ११ जना न्यायाधीशमाथि विभिन्न प्रश्न उठाउँदै संवैधानिक इजलासमा बस्न नमिल्ने निवेदन पेस गरेपछि बहस अन्यत्रै मोडिएको थियो ।

प्रधानन्यायाधीशले सबै न्यायाधीशले मुद्दा हेर्न नमिल्ने भनी पेश भएको निवेदनमा मानहानीको कसुर लाग्ने चेतावनी दिए पनि बहस त्यसमै केन्द्रित भयो । चिया ब्रेकपछि सरकार पक्षका वकिलले बोल्न खोज्दा बेञ्चबाट रोकिएको थियो ।

रिट निवेदक शेरबहादुर देउवा पक्षका वकिलले भने सरकारको पक्षले न्यायपालिका विघटन गर्न खोजेको आरोप लगाए । आज इजलासकै बारेमा बहस भएकाले मुद्दामा प्रवेश नगरी न्यायाधीशहरू उठेका छन् । यसबारे कुनै आदेश आउने वा नआउने प्रष्ट पारिएको छैन

प्रकाशित : २४ जेष्ठ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६