पर्यटन

बाणगंगाको बजेट ९ असारमा छत्रदेवको नीति पारीत



कपिलवस्तु ८ असार ।कपिलवस्तुको बाणगंगा नगरपालिकाले असार ९ गते बजेट ल्याउने निर्णय गरेको छ । बाणगंगा जगरपालिकाको कार्यपालिकाको बैठकले ९ गते बजेट ल्याउने निर्णय गरेको हो । ९ गते आउने बजेटमा हरेक बडा भित्रको योजना तथा नगरपालिकाको योजनामा केन्द्रित रही बजेट ल्याउन लागेको बाणगंगा नगरपालकाका प्रवक्ता विष्णु प्रसाद पौडेलले बताए ।

यसैबिच कोरोना रोकथाम तथा नियन्त्रण, फोहोर व्यवस्थापन तथा पिपरा अस्पतालमा कोभिड अस्पताल बनाउने जस्ता महत्वपूर्ण पक्ष लाई समेटदै बजेट ल्याउन लागेको नगरका प्रमुख प्रशासिक अधिकृत बासुदेव खनालले बताए । त्यस्तै उनले नगरभित्र रहेका अधुरा योजना पुरा गर्ने गरि बजेट ल्याईएको दाबी गरे ।यता अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले कृषि र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर आउँदो वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

नीति तथा कार्यक्रममा लिफ्टिङ खानेपानीको ३३ प्रतिशत विद्युत् महसुल गाउँपालिकाले तिरिदिने भएको छ । खानेपानीको समस्या रहेका पालिकामा खानेपानी आपूर्तिमा सञ्चालन हुने लिफ्टिङ खानेपानी आयोजना महँगो पर्ने भएपछि ३३ प्रतिशत विद्युत् महसुल पालिकाले तिर्ने गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनुभयो । गाउँपालिकाले ‘एक घर एक धारा’ अभियानलाई निरन्तरता दिँदै खानेपानीलाई प्राथमिकतामा राखेको हो ।

यस्तै किसानलाई कृषि औजारमा पालिकाले अनुदान दिने भएको छ । ‘कृषकको सम्मान, कृषि उत्पादनमा अनुदान’ भन्ने मान्यताका साथ गाउँपालिकाले उत्पादनमा आधारित अनुदान दिने भएको छ । ‘खनौँ आफ्नै माटो, छोडौँ विदेशको माटो’ भन्ने नाराका साथ कृषिमा स्वरोजगार सिर्जना हुने कार्यक्रम पालिकाले ल्याएको छ । बाँदर, बँदेललाई नियन्त्रण गर्ने उद्देश्यले जङ्गलमा फलफूल खेती गर्ने र सामुदायिक वनमा बहुमूल्य जडीबुटी लगाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको अध्यक्ष पोख्रेलको भनाइ छ ।

यस्तै गाउँपालिकाले स्थानीयस्तरमा आय आर्जनको भर पर्दो स्रोत भएमा मात्र बसाइँसराइ कम हुन्छ भन्ने अनुभवबाट श्रमजीविहरूको सुरक्षा, रोजगारी सिर्जना, उद्यमशीलता विकास र आय आर्जनमा जोड दिने भएको छ । स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बीमा गरिने, ‘बालबालिकालाई विद्यालय पठाऊ, सिकाऊ र टिकाऊ’ अभियान चलाउने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : ८ असार २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६