साहित्य

पछिल्लो १ वर्षमा कपिलवस्तु जिल्लामा १३ सय उद्योग थपिए



कपिलवस्तु २१ साउन । कोरोनाको पहिलो र दोश्रो लहरकै बीच पछिल्लो एक वर्षमा एक जिल्लामा १३ सय उद्योग थपिए भन्ने समाचार उपत्यारीलो लाग्न सक्छ । तर कपिलवस्तुको लागि यो यथार्थता नै भएको छ । विवरण अनुसार कपिलवस्तुमा गत आर्थिक बर्ष २०७७/०७८ मा १ हजार २९१ नया उद्योग थपिएका छन । कोरोना कारण असहज  स्थिति बने पनि प्रालि, साझेदारी र प्राईभेट गरी त्यति संख्यामा साना उद्योग थपिएका हुन । 

घरेलु तथा साना उद्योग कार्यालय अनुसार गत बर्ष १५ प्रालि, २६ साझेदारी र १ हजार २५० प्राईभेट उद्योग दर्ता भएका छन । आर्थिक बर्ष २०७६/०७७ मा कुल १ हजार ४७ उद्योग दर्ता भएका थिए । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कालीदास बस्याल अनुसार गत बर्ष ७ सय ५८ महिला तथा ९ सय ७१ पूरुष उद्यमी थपिएका छन । उद्योगबाट २ हजार ५८ महिला तथा २ हजार २५३ पुरुषले गरी कुल ४ हजार २७० ले रोजगारी पाएका छन । उद्योगबाट १ अर्व ८६ करोड स्थिर र ७७ करोड ४० लाख चालु पुजी गरी क्ल २ अर्व ६३ करोड पुजी लगाइएको छ । 

गत आर्थिक बर्ष ६ सय ६३ उद्योग नबिकरण तथा ७७ उद्योग खारेजी गरिएका छन ।  साना उद्योगको दर्ता र नबिकरणबाट गत आर्थिक बर्ष ४५ लाख १२ हजार ८३० रुपैया राजस्व संकलन भएको छ । उता ब्यापार तर्फ गत आर्थिक बर्ष ७ सय ९३ फर्म दर्ता भएका छन । नबिकरण ५ सय ३७ तथा १ सय ९ फर्म खारेजी गरिएका छन । फर्म दर्ता र नबिकरणबाट कुल ५९ लाख राजस्व संकलन भएको प्रमुख बस्यालले बताए । आर्थिक बर्ष २०७६/०७७ मा कुल १ हजार २२५ बाणिज्य फर्म दर्ता भएका थिए । कोरोना कहरका बेला समेत उद्योग र ब्यापारिक फर्मको संख्या बढनु राम्रो कुरा भएको बस्यालले बताए । 

प्रकाशित : २० श्रावण २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६