पर्यटन

नवनियुक्त मुख्यमन्त्री आचार्यले लिए शपथ



विराटनगर १० भदौ। नवनियुक्त प्रदेश १ को मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रदेशले नयाँ मुख्यमन्त्री पाए पनि अहिल्यै नै नयाँ मन्त्रीहरु भने नियुक्त नहुने भएका छन् । 

एमाले प्रदेश १ को संसदीय दलको नेतामा केही बेरअघि मात्रै आचार्य चयन भएका थिए । मुख्यमन्त्री नियुक्त भएको केही बेरमै उनलाई शपथ गराइएको हो । संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो । 

आचार्यले संविधान अनुसार ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत प्राप्त गर्न नसके उनी मुख्यमन्त्रीमा रहिरहन पाउने छैनन् । प्रदेश १ को मुख्यमन्त्रीबाट शेरधन राईले आजै प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीसमक्ष राजीनामा बुझाएका थिए ।

त्यसलगत्तै आचार्यलाई मुख्यमन्त्रीको शपथ ग्रहण गराइएको हो । राईले संसदीय दलको बैठकमा आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरेका थिए ।

प्रकाशित : १० भाद्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६