पर्यटन

बलियो मिडिया र आत्मनिर्भर पत्रकार बनाउन महासंघको पहल



दाङ १७ भदाै ।    नेपाल पत्रकार महासंघले बलियो मिडिया र आत्मनिर्भर पत्रकार बनाउन पहल गर्नुपर्ने निस्करश निकालिएको छ। सवैखाले मिडिया सञ्चालकहरुसगं यो विषयमा सुझाव सकंलन गरेको छ । सघंले  जिल्लामा सञ्चालित मिडियामा आवद्ध अग्रज पत्रकार,नेपाल पत्रकार महासघं दाङका पूर्व अध्यक्ष, पूर्व केन्द्रीय सदस्य र मीडिया सञ्चालकसंग सुझाब संकलन गरेको हो ।   कार्यक्रमको उदेश्य मिडियालाई आगामी दिनहरुमा कसरी व्यवस्थित गर्ने भन्ने थियो ।कार्यक्रममा नेपाल पत्रकार महासघं दाङका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले पछिल्लो समय पत्रकारिता क्षेत्रमा बिकृति र विसंगती बढ्दै गइरहेकोे प्रति चिन्दा ब्यक्त गर्दै बलियो नीति बनाउन आवश्यक रहेको बताए ।  उनले क्रियाशील पत्रकारहरुको फायल तयार गरि काम कारवाही अगाडि बढाउन सुझाए ।कार्यक्रममा महासघं दाङका पूर्व अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले संस्थागत संरचना, मिडियाकोसबलीकरण,आचारसंहिता,महासंघको इतिहास लेखनमा ध्यान दिन आग्रह गरे ।    त्यस्तै अको¥यावका पुर्व प्रदेश अध्यक्ष केपी घिमिरेले दाङका सामुदायीक रेडियोमा काम गर्ने अधिकांश प्राविधिकहरु प्रविधि मैत्री नभएको भन्दै उचित तालिमको ब्यबस्था गर्न आग्रह गरे ।दाङ शाखाका पूर्व अध्यक्ष प्रताव रेग्मीले मिडियाहरु सकंटमा पर्दै गएकाले महासघंले हरेक निकायहरुसंग समन्वय गरेर कार्यक्रमहरु अगागि बढाउन सके फलदायी हुने बताए ।       प्रेस काउन्सिलका केन्द्रीय सदस्य शरद अधिकारीले महासंघले संस्थागत विकास दिनुपर्ने भन्दै बैठक, कार्यक्रम, प्रकाशन र पुरस्कार वितरण कार्य राम्रो भएमा महासंघलाई अगाडि बढाउन सकिने राय राखे ।     उनले बार्षिक क्यालेण्डर प्रकाशन गरेर कार्यक्रमलाई अझ पारदर्षी तरिकाले लैजानुपर्ने जोड दिए । महासंघ पूर्व केन्द्रीय सदस्य अजय दीप शर्माले महासघंले नयाँ सदस्यलाई पत्रकारिताको विषयमा तालिम दिएमा दायित्वबोध हुने बताए । यसअघिका अध्यक्ष सविन प्रियाशनले जिल्लाका संघसंस्थाबाट बाहिर जाने गरेका सुचना तथा विज्ञापनलाई जिल्लामै एकद्धारा प्रणालीबाट दिने वातावरण बनाउन महासघंले पहल गर्नुपर्ने बताए ।    कार्यक्रममा अग्रज पत्रकार किशोर चन्द्र गौतमले मिडियाका समस्यालाई समाधान गर्न सकेमा मात्र महासघंको ठूलो उपलब्धि मान्न सकिने बताए । महासघं दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष केवी मसाल,महासघंका सल्लाहाकार लक्ष्मी आचार्य, पत्रकार सुर्दशन रिजाल, यसअघिकी जिल्ला उपाध्यक्ष लिला शाह, पुर्व केन्द्रीय सदस्य मधुशुधन बैद्य, पत्रकार सुनिल पोख्रेल लगाएतले आ– आफ्नो धारणा राखेका थिए । महासघंका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपाध्यक्ष सञ्तोष सुवेदीले विषय प्रबेश गराएका थिए । कार्यक्रमको सहजिकरण सहसचिव दिप्तीशिखा चौधरीले गरेकी हुन ।

प्रकाशित : १६ भाद्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६