पर्यटन

आफ्नो वडा आफै हराबरा, जीतपुर ४ नम्वरको पछिल्लो नारा



कपिलवस्तु ३१ भदौ । आफ्नो वडा आफै हरावरा यहि हो जीतपुर ४ नम्वर सहितको  बाणगंगा नगरपालिकाको वडा नम्बर ४ को पछिल्लो नारा । यहि नाराका आधारमा काम अघि बढेको वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले वडाको सरसफाई र फोहरमैला ब्यवस्थापनमा फरक शैलीमा  काम गर्ने बताउनु भएको छ । चालु आर्थिक बर्षको सुरुदेखि नै सरसफाइमा विशेष ध्यान दिइएको भन्दै उहाँले अब नतिजामुखी काम गर्नुपर्ने बताउनु भएको हो ।

यसैको लागि वडाध्यक्ष क्षेत्रीले वडा कार्यालय गजेहडामा मंगलबार वडा सदस्य, टोल विकास समितिका अध्यक्ष र कुलापानी समितिका वडघरहरुसंग छलफल गर्नुभएको छ । वडामा उत्पादन हुने फोहर, ढल निकास, कुलोमा बग्ने फोहर, बाटाघाटामा रुखविरुवा रोप्ने र गाईवस्तु बाटोमा बाँध्ने लगायतका कामहरुका बारेमा ठोस योजनासहित एक्सनमा काम गर्न टोल समिति र कुलापानी समितिलाई सुझाउनुभयो । उहाँले भन्नुभयो ‘अब वडामा जताततै फोहर देखिन हुन्न । गाइवस्तु बाटोमा बाँध्ने र रुख विरुवा रोप्ने गरेको देखियो । अब यसरी भएन । तपाईहरुले प्रत्येक टोलबासीलाई यो भन्नुहोस् ।’

स्थानीय सरकार आएको चार बर्षको अवधिसम्म नगरमा सरसफाइ र फोहरमैलाको उचित ब्यवस्थापन हुन नसक्दा आफूहरु आलोचित हुनु परेको भन्दै नगरको मुख नहेरी वडामा काम गर्न उहाँले सबैमा आग्रह गर्नुभयो । अब नगरले के गर्दछ भन्ने होइन । वडामा देखिने गरी तपाईहरुले काम गर्नुस् ।वडाले पनि केही नियम बनाउँछ । त्यो पालना नगर्नेले वडाबाट पाउने सेवा सुविधा पाउँदैन ।’

छलफलमा वडा सदस्यहरु चित्र बहादुर खाँण, क्रषिराम थारु, इन्दिरा पन्त, अस्मिता नेपाली, टोल विकास समितिका अध्यक्षहरु भेषराज आचार्य (गजेहडा), हरिप्रसाद पौडेल (ठाकुरापुर), ढाल बहादुर शाही (हरिहरपुर), बुद्धि बहादुर रोकाहा (सिद्धिपुर), हर्क बहादुर हमाल (झुँगा) खिल प्रसाद शर्मा (दरखास्त) सहभागी हुनुहुन्थ्यो भने सोही वडा अन्तर्गतका कुलापानी समितिका वर्डघरहरुको सहभागिता थियो ।

छलफलमा कुलोमा धेरै फोहर बगेर आउने भएको हुँदा दरखास्त, सिद्धिपुर, गजेहडा, ठाकुरापुर एरियामा पर्ने मुख्य कुलोमा फलामको जाली लगाउने निर्णय समेत भएको छ । यसो गर्दा कुन टोलले कुलोमा फोहर फाल्यो पहिचान गर्न सजिलो हुने ठाकुरापुर टोल विकास समितिका अध्यक्ष हरि पौडेलले  बताउनु भयो ।

यस्तै टोलका फोहर ब्यवस्थापन गर्नको लागि नगरको ट्याक्टर गाउँगाउँमा डुलाउने विषयमा पनि छलफल भएको छ । नगरले फोहरमैला ब्यवस्थापनको लागि ट्याक्टर खरिद गरे पनि अहिले थन्किएर बेकामे छ । सोही ट्याक्टरलाई परिचालन गरेर अब फोहर ब्यवस्थापन गर्नुपर्नेमा सबै टोल विकास समितिका अध्यक्षको धारणा छ ।

प्रकाशित : ३१ भाद्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६