जीवनशैली

धन सम्पत्ति भन्दा ठूलो सम्पत्ति प्रदेश सरकारले दिएको छ :सांसद शर्मा



लमही ४ असाेज । लुम्बिनी प्रदेश सभा सदस्य  रेवतीरमण शर्माले  धन सम्पत्ति भन्दा ठूलो सम्पत्ति प्रदेश सरकारले दिई रहेको  वताएका छन। उनले  उद्यमशिलता विकास अहिलेको आवश्यकता भएको बताउदै  सरकारले त्यो दिदै आएको वताएका हून । मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तरगत लमही नगरपालिकाले सोमवार लमहीमा आयोजना गरेको विभिन्न तीन ओटा तालिम समापन कार्यक्रमलाई सम्वोधन गर्दै उनले धन सम्पत्ति भन्दा ठूलो सम्पत्ति सिप भएकाले सिप सिकेर स्वरोजगार बन्न सकिने बताएका हुन् ।                           तपाई संग धेरै धन सम्पत्ति छ । तर, हातमा सिप छैन भने भएको सम्पत्ति सकिन सक्छ’उनले भने–‘धन सम्पत्ति केही छैन् । तर, हातमा सिप छ भने त्यो सिपले धन सम्पत्ति आर्जन गर्न सघाउछ ।’ सिप सिकेर त्यसलाई व्यवहारमा लागुगर्न उनले आग्रह गरे । युवा जनशक्ति वेरोजगार बस्नुपर्ने अवस्ताको अन्त्य गर्न, आर्थिक, सामाजिक रुपले पछाडी परेको क्षेत्रलाई विकासको मुलधारमा ल्याउन मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम लागु गरिएको उनले जानकारी दिए ।           लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले युवाहरुलाई दक्ष बनाएर रोजगारको सृजना गर्नेगरी काम भैरहेको बताए ।‘हामीले जे बोलेका छौं । त्यो पुरा गरिरहेका छौं । जनताको मागको आधारमा कार्यक्रम बनेका छन’उनले भने–‘रोजगारीको लागी सिप चाहिन्छ । हामीले सिप दिएका छौं ।’कार्यक्रममा उप–प्रमुख देवका बेल्वासले नगरको समृद्धिको आधार युवाहरु रहेको बताए ।      कार्यक्रममा मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम सिफारिस समितिका सदस्य भानु जोशी, शुसीला शर्मा, तालिम सञ्चालनमा प्राविधिक सहयोग गर्ने संस्थाको तर्फबाट ठाकुर घिमिरे लगायतले मन्तब्य ब्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण फोकल पर्सन भवानी गिरीले गरेका थिए। 

प्रकाशित : ५ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६