जीवनशैली

नेकपा एसको कार्य विभाजन :कसले के पाए सूची सहित



काठमाडौं ७ असोज। नवगठित नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गर्ने कार्य सम्पन्न गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्दै नेताहरुको कार्यविभाजन गरेको हो ।बैठकले एकिकृत समाजवादीको पदाधिकारीहरुमा माधवकुमार नेपालको अध्यक्षतामा झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् भने मुकुन्द न्यौपानेलाई नेपाल र खनालपछि तेस्रो वरियतामा राखिएको छ ।

केन्द्रीय कमिटीबाट पारित बिधान बमोजिम सात जना उपाध्यक्षमा क्रमशः राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ प्रसाद साह र जयन्ती राईलाई जिम्मेवारी तोकिएको छ । एकिकृत समाजवादीको महासचिवको जिम्मेवारी बेदुराम भुसाललाई दिईएको छ भने तीन उपमहासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल रहेका छन् । त्यसैगरी चार जनाले सचिवको जिम्मेवारीमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री छन् ।

३५ सदस्यीय स्थायी कमिटी बनाइृएको सो पार्टीले पूर्ण र वैकल्पिक गरी ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । बिधानको व्यवस्था अनुसार ७१ सदस्यीय पोलिटब्युरो गठन गरेको पनि एकिकृत समाजवादी पार्टीले जनाएको छ ।

प्रकाशित : ७ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६