काठमाण्डौ९ असोज। प्रहरीले स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–२ नागढुंगामा सवारी साधन चेकजाँचका क्रममा उनीहरू श्रोत नखुलेको ९५ लाख रुपैयाँसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको मुम्बई महाराष्ट्र प्रदेशको सङ्ली जिल्लाको थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँका १९ वर्षीय कूष्ण अढाडे रहेका महानगरिय प्रहरी परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए ।
उनीहरू चितवनबाट काठमाडौं आउँदै गरेको ग१ख ६६४५ नम्बरको हाइसमा थिए । मालीको साथबाट ४५ लाख र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद भएको एसपी बस्नेतले बताए ।








प्रतिक्रिया