जीवनशैली

काङ्ग्रेस अधिबेशन अन्तर्गत पालिका निर्वाचन कहाँ कहाँ सकियो?



काठमाडौं ९ असोज। नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिका स्तरीय अधिबेशनको निर्वाचन सकिएको छ । लमही नगरपालिकामा युवा नेता सन्तोष बुढाथोकी निर्वाचित भएका छन । उनले अर्का प्रत्यासी शिब प्रसाद चौधरीलाई २१ मतले पराजित गरेका हुन ।चौधरी निवर्तमान सभापति हुन । त्यस्तै उपसभापतिमा बिनोद खड्का र जग नारायण चौधरी निर्वाचित भएका छन । खड्काले ८३ मत र चौधरीले ७६ मत लिएका थिए । त्यसैगरी सचिवमा प्रेम कलाथोकी र कैलाश चौधरी निर्वाचित भएका छन ।

चौधरीले ८२ र कालाथोकीले ७९ मत प्राप्त गरेका थिए । सहसचिवमा खीम बहादुर योगी र हिमासु न्यौपाने निर्वाचित भएका छन । योगीले ८० र न्यौपानेले ८७ मत प्राप्त गरि बिजयी भएको मतदान अधिकृत प्रकाश डाङीले जानकारी दिए ।

राजपुर गाउँपालिकामा सभापतिका उम्मेदवार नरेन्द्र सिंह भण्डारी निर्वाचित भएका छन । भण्डारीले ६३ मत र बुढाथोकीले ४३ मत प्राप्त गरेका थिए । १ सय १३ मतदाता रहेको राजपुरमा सबै मत खसेको मतदान अधिकृत दुर्गा पाण्डेले जानकारी दिए ।

त्यस्तै उपसभापतिमा तीन जनाको प्रतिस्पर्धा थियो । अमृत खड्का ८७, आशाराम यादव ८२ मत लिएर उपसभापतिमा निर्वाचित भएका छन । अर्का उम्मेदवार मोहन गुप्ता पराजित भएका छन । गुप्ताले २४ मत लिएका छन ।त्यस्तै गढवा गाउँपालिकाको सभापतिमा किरण पौडेल निर्वाचित भएका छन । सभापतिका अर्का प्रत्यासी कृष्ण राज पाण्डेले ८१ मत प्राप्त गरेका थिए । त्यस्तै सचिबमा पुर्ण प्रसाद चौधरीले ९७ र पोषण राज न्यौपानेले ९१ मत प्राप्त गरि बिजयी भएका छन ।

राप्ती गाउँपालिकामा हिजै सहमति भैसकेको छ, त्यहाँ सभापतिमा विद्या शरण चौधरी गाउँपालिका सभापति बनेका छन ।

प्रकाशित : १० आश्विन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६