प्रदेश

माओवादी रणनीति :अब निर्वाचित नेतृत्व र चुस्त पार्टी कमिटी



काठमाडौ ११ असोज। चार हजार भन्दा बढी केन्द्रीय सदस्य बनाएको कुनै बेला बदनामी कमाएको माओवादी केन्द्रले अब निर्वाचित नेतृत्व र चुस्त पार्टी कमिटी बनाउने भएको छ । माओ दिवसको दिनमा सुरु गर्ने गरी पौष ११–१३ सम्म पार्टीको राष्ट्रिय सम्मेलन गर्ने तयारीमा रहेको माओवादी केन्द्रले संख्या घटाउन लागेको हो ।सोही सम्मेलनका लागि केन्द्रीय कमिटीबाट पारित अन्तरिम विधान–२०७८ मार्फत निर्वाचित नेतृत्व र चुस्त पार्टी कमिटीको परिकल्पना छ ।पुसमा राष्ट्रिय सम्मेलनपूर्व भदौ मसान्तसम्म पार्टी सदस्यता नविकरण र नयाँ सदस्यता वितरण, असोज १० गते सेल र टोल भेला गरी कमिटी गठन/पुनर्गठन, असोज २० मा वडा सम्मेलन, कार्तिक ६ मा गाउँपालिका र नगरपालिका सम्मेलन, कार्तिक ७ देखि मंसिर १४ सम्म संगठन सुदृढीकरण र जनपरिचालन तथा मंसिर १५ मा प्रदेश सम्मेलन गर्ने तयारी गरेको छ ।             यी सबै अधिवेशनमा निर्वाचित नेतृत्व र चुस्त पार्टी कमिटी बनाउने माओवादीको योजना छ ।निर्वाचित नेतृत्व र चुस्त पार्टी कमिटीलाई माओवादी केन्द्रले क्रान्तिकारी पार्टी निर्माणको अभ्यास भनेको छ ।   आफुलाई नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारको मुख्य शक्ति दाबी गर्ने माओवादी केन्द्रले संगठनात्मक यथास्थितिवादसँग सम्बन्ध विच्छेद गर्दै क्रान्तिकारी रुपान्तरण एवम् पुनर्गठनका दिशामा फड्को मार्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएको छ। 

प्रकाशित : ११ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६