प्रदेश

चाडपर्व नजिकिदै गर्दा १२ भन्दा बढी सडक अवरुद्ध



काठमाडौँ  ११ असोज– सरकारले सोमबार दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाएको छ । तर लाखौँ मानिसहरू यात्रा गर्ने देशका विभिन्न रार्जमार्गको अवस्था भने नाजुक छ ।

मनसुनका कारण देशभरका साना–ठूला गरी दर्जनभन्दा बढी सडकखण्ड अवरुद्ध छन् । त्यस्तै अहिले कतिपय सडकहरू एकतर्फी सञ्चालन भइरहेका छन् ।दशैंमा मात्र १५ लाखभन्दा बढीले उपत्यकाबाट बाहिरन्छिन् । जसकारण यात्रुसँगै सवारीको चाप पनि बढ्छ ।

मनसुन अझैं सक्रिय छ । वर्षाले बाढी पहिरो जाँदा धेरैजसो ग्रामीण क्षेत्रका सडकहरूमा अझै पनि आवतजावत गर्न मुस्किल छ । त्यसैगरी एकतर्फी सञ्चालमा रहेका राजमार्गमा सवारी साधनको चाप बढ्नुका साथै जाम हुन्छ ।

देशभरका विभिन्न राजमार्गका झण्डै १२ स्थानका सडक पूर्णरुपमा अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।

अवरुद्ध रहेका सडक सञ्चालन गर्न विभागले सम्बन्धित राजमार्गहरूलाई निर्देशन दिई काम गरिरहेको जनाएको छ ।

पूर्णरुपमा अवरुद्ध भएका सडकलाई दशैं अघि खुलाउने तयारीका साथ काम भएको र एकतर्फी भए पनि सञ्चालन ल्याउने विभागका महानिर्देशक अर्जुनजंग थापाले खबरहबलाई जानकारी दिए ।

‘त्यसैका लागि हामी केही दिनदेखि उपत्यकाबाहिर (फिल्ड) मै छौं’, उनले भने, ‘यात्रुलाइ सहज बनाउनका लागि काम भइरहेको छ अबको अवरुद्ध रहेका सडक १० दिनभित्र सुचारु हुनेछन् ।’

देशभरका एक सय २५ वटा सडक एकतर्फी चालु रहेको र ८७ वटा सडक दवैतर्फ सुचारु रहेको उनले जानकारी दिए ।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६