अर्थ-वाणिज्य

एमालेको बिधान महाधिबेशनमा कति जना सहभागि हुदैछन् कपिलवस्तुवाट ?



कपिलवस्तु १२असोज  । यही १५ देखी १७ गते सम्म काठमाण्डौंमा हुने विधान महाधिवेशनमा कपिलवस्तु जिल्लाबाट ४० जना सहभागि हुने एमाले कपिलवस्तुले जनाएको छ । कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ बाट १७ जना, २ बाट ११ जना र ३ बाट १२ जनाको सहभागिता रहने छ । विधान महाधिवेशनको तयारी लगायतका विषयतमा केन्द्रित जिल्ला पदाधिकारीको वैठक मंगलबार जितपुरमा सम्पन्न भएकोे एमाले जिल्ला कार्यालय सचिव धर्मराज भुसालले बताउनुभयो।

 वैठकले जिल्ला सचिव बाबुराम आचार्यकी ममतामयी माता जानकी देवी आचार्यको निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै १० औं दिनको पृन्यतिथीमा  असोज १९ गते तिलोत्तमा ३ योगीकुटीमा शोक सभा सम्पन्न गर्ने निर्णय गरेको एमाले कपिलवस्तुले जनाएको छ । एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षता, एमाले लुम्बिनी प्रदेश कार्यालय सचिव बलराम अधिकारीको प्रमुख आतिथ्यता रहेको वैठकमा एमाले प्रदेश कमिटी सदस्यद्धोए डम्मर शर्मा, टेकराज पौडेल लगायतको आतिथ्यता रहेको एमाले जिल्ला प्रचार विभागले जनाएको छ । 



प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६