प्रदेश

प्रदेश स्तरमा महत्वपूर्ण मानिएको एयरपोर्टका लागि ५५ करोड बिनियोजन



तुलसीपुर १२-असोज । प्रदेश स्तरमा महत्वपूर्ण  मानिएको दाङको तुलसीपुरमा रहेको टरिगाँउ एयरपोर्टका लागि ५५ करोड बजेट बिनियोजन भएकोे छ । एयरपोर्टमा नयाँ ट्रमिल टावर निर्माण र धावन मार्ग विस्तारका लागि अर्थ मन्त्रालयले ५५ करोड बजेट विनियोजन गरेको टरिगाउँ एयरपोर्टका प्रमुख कैलाश शर्माले जानकारी दिए । हालै सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट तुलसीपुरको टरिगाउँ एयरपोर्टको स्तरउन्नति गर्नका लागि अर्थमन्त्री जनार्दन शर्माले उक्त बजेट बिनियोजन गरेका थिए ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेटमा टरिगाउँ एयरपोर्टमा कुनैपनि बजेटको व्यवस्था गरेको थिएन । तर रुकुमबाट प्रतिनिधित्व गर्ने माओबादी नेता जनार्दन शर्मा अर्थमन्त्री भएपछि बजेट विनियोजन गरेका हुन् ।केही समय पहिले मात्रै राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा, तुलसीपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बिमल रिजाल, नेकपा माओबादीका स्थानीय नेता यज्ञबहादुर केसी लगायतले एयरपोर्टको स्तरउन्नतिका लागि अर्थमन्त्रीलाई भेट गरेका थिए ।

प्रकाशित : १२ आश्विन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६