कपिलवस्तु, १३ असोज। नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत कपिलवस्तुमा नगर तथा गाउँ अधिबेशन आज बुधवार हुदैछ । निर्बाचनको महोल बढ्दै जाँदा कपिलवस्तुमा क्रियाशिल र स्थापित पत्रकार समेत चुनावी मैदानमा होमिएका छन् कोही निर्वाचित भएर सुरक्षित बसेका छन् कोही भुनाव जितेर पदाधिकारी बन्ने तयारीमा जुटेका छन् । कपिलवस्तुमा रही पत्रकारीता गर्दै आएका काँग्रेस कृयाशिल सदस्यले नगर समितीको पदाधिकारीमा इच्छा देखाएका छन् ।
जिल्लामा सम्पन्न वडा अधिबेशनबाट पत्रकार महासंघ कपिलवस्तुका शाखा अध्यक्ष किरणमान बज्राचार्य, महासंघ प्रदेश सदस्य गोपाल भण्डारी र एकोराव लुम्बिनी प्रदेश अध्यक्ष राजु खराल क्षेत्रिय प्रतीनिधी चयन भई सकेका छन् ।यसै गरी महासंघ कपिलवस्तुका सदस्य मणी प्रसाद गैरे, नारद कोहाँर देखी लिएर महासंघका संस्थापक सदस्य सरोज अर्याल, गुरुदेव पौडेल, कृष्ण थापा, बिनोद अधिकारी, कृष्ण गिरी, शम्भु माली लगायत १ दर्जन बढी पत्रकार क्षेत्रिय प्रतीनिधी निर्बाचित भएका छन् । बुधवार मनोनयन दर्ता गर्नका लागि ५ जना तयारीमा जुटेका छन् । उम्मेदवार हुन चाहने पत्रकारले फेसबुक मार्फत प्रचार प्रसार समेत सुरु गरेका छन्
ति मध्ये एकोराव प्रदेश अध्यक्ष समेत रहेका राजु खराल शिवराज नगरपालिका सभापतीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । खरालले देउवा पक्षबाट उम्मेदवारी दिएका छन् । उनको प्रतिद्धन्द्धीमा पूर्व कार्यबाहक सभापती मधु पोख्रेल रहेका छन् । यसै गरी कपिलवस्तु नगर समितीको उपाध्यक्ष र समावेसी सचिवमा २ जना पत्रकारले उम्मेदवारी दिने घोषणा गरेको छन् ।पत्रकार विनोद अधिकारीले कपिलवस्तु नगर उपसभापतीको दावेदारी प्रस्तुत गर्दै प्रचार प्रसार सुरु गरेका छन् ।
यसै गरी महासंघ जिल्ला सदस्य नाँरद कोंहार कपिलवस्तु नगरपालिकाको समावेसी नगर सचिवको उम्मेदवारी घोषणा गरेको छन् । यसै गरी बाणगंगा नगरपालिकाको नगर सचिवमा गुरुदेव पौडेल र अपाङगता तर्फ सह सचिवमा ओम प्रकास पौडेलले उम्मेदवारी दिएका छन् । बुद्धभुमी नगरपालिकाको सचिवमा कृष्ण गिरीले आफ्नो उम्मेदवारी घोषणा गरी फेसबुक मार्फत प्रचार प्रसार सुरु गरेका छन् ।
प्रतिक्रिया