काठमाडौँ, १३ असोज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।
ओलीले मंगलबार सञ्चारकर्मीहरुसँग अन्तर्क्रिया गर्दै संसद प्रभावकारी हुन नसकेकोले ताजा जनादेशमा जानुपर्ने प्रस्ताव गरेका छन् । ‘यो संसद चलिराखेको छैन, ताजा जनादेशमा जान जरुरी छ’, ओलीले भने ।
ओलीले आफ्नो पार्टी गठबन्धन सरकारले नै चुनाव गराए पनि निर्वाचनमा जाने आशय व्यक्त गरेका छन् । यो अकर्मण्यताको स्थितिमा देशलाई निर्वाचनमा लैजानुपर्ने ओलीको धारणा रहेको छ ।
उनले अहिले पनि संसद प्रभावकारी नभएकाले निर्वाचनमा जानुपर्ने बताएका छन् ।








प्रतिक्रिया