प्रदेश

प्रादेशिक अस्पताल विकास सेवामा जोड दिदै



अञ्जना चौधरी,तुलसीपुर
१३-असोज/ राप्ती प्रादेशिक अस्पताल तुुलसीपुरमा स्वास्थ्य पूर्वाधारको विकास हुँदै गएको छ । केही समय अघि सिटी स्क्यान सेवा, अक्सिजन प्लान्ट सेवा सुरु गरेको अस्पतालले हालै मात्र एसआईसी सेवा र ओसीएमसी सेवा पनि सुरु गरेको छ । अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएदेखि हालसम्म ६७० जनाले सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ ।                                                                  त्यसैगरी अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी) मार्फत विभिन्न लैङ्गिक हिंसामा परेका ३३ जना महिलाहरुले स्वास्थ्य सेवा लिएको अस्पतालले जनाएको छ । त्यसैगरी सामाजिक सेवा ईकाइ (एसआईसी) सेवा मार्फत एक महिनाको अवधिमा अपाङ्ग, अति गरिब, महिला स्वयमसेविका लगायत २२३ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. बिनोद सिंहले जानकारी दिए । गएको आर्थिक वर्ष २०७७/७८ को अवसरमा राखिएको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मेसु डा. सिंहले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट एक वर्षको अवधिमा ३१ हजार बढिले ओपिडी सेवा लिएको बताएका छन् ।

बुधबार तुलसीपुरमा आयोजना गरिएको अस्पतालको वार्षिक समीक्षा कार्यक्रममा मेसु सिंहले गएको एक वर्षमा अस्पतालबाट ३१ हजार २९१ जना बिरामीहरुले ओपिडी सेवा लिएको बताए । त्यसैगरी एक वर्षको अवधिमा अस्पतालबाट ८ हजार बढी बिरामीहरुले ईमरजेन्सी सेवा लिएका छन् । भने ३ हजार ९५० जना महिलाहरुले सुत्केरी सेवा लिएका छन् ।

एक वर्षमा १८ लाख बढी बचत

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले एक वर्षको अवधिमा २६ लाख बढि रकम बचत गर्न सफल भएको छ । गएको आर्थिक वर्ष २०७७ को ३८ लाख ९६ हजार ९ सय ६८ रुपैयाँ र आर्थिक वर्ष ०७७/७८ मा ४ करोड ३७ लाख ५३ हजार ३१ रुपैयाँ आम्दानी गरेको छ । ति मध्ये ४ करोड ५७ लाख ९८ हजार ८२५ रुपैयाँ खर्च भएको छ । आम्दानी भएको रकम कर्मचारी तलब, ल्याब केमिकल खरिद, एक्सरकोे फ्रेम किन्ने, अल्ट्रा साउण्ड सामान खरिद, मेसिन मर्मत, लगायतमा खर्च हुने गरेको मेसु सिंहले जानकारी दिए । सबै खर्च कटाएर १८ लाख, ५१ हजार १७४ रुपैयाँ बचत गर्न सफल भएको मेसु डा. सिंहले जानकारी दिए । तर अस्पताल संचालन गर्नको लागि जनशक्तिको अभाव देखिएको छ ।

वार्षिक समीक्षा

यसैबीच राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले आर्थिक वर्ष २०७७/७८ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । अस्पताल विकास समितीका अध्यक्ष पदम प्रसाल न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मेयर पाण्डेले अस्पतालले बिरामीहरुको अपेक्षा अनुसार गुणस्तरिय स्वास्थ्य सेवा दिनु पर्ने बताए । प्रादेशिक अस्पतालमा नेपालकै बिशेषज्ञ सहितको सेवा विस्तार गर्नु पर्ने बताउँदै पाण्डेले त्यसका लागि उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।

अस्पतालले योजना बनाए अनुसार पूर्वाधार निर्माण भई रहेको बताएका मेयर पाण्डेले पूर्वाधारमा केही समस्या भए हामीहरुलाई भन्नुस’ तर गुणस्तरिय सेवा दिनुस् उनले भने ।’ राप्ती प्रादेशिक अस्पताल रेफर सेन्टरको रुपमा नभई अन्य स्थानहरुबाट समेत स्वास्थ्य सेवा लिन आउने हव बनाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । कार्यक्रममा बोल्दै शान्ति समाजका केन्द्रीय महासचिव शुशिल बस्नेतले अस्पतालमा उपचारका लागि आउने विरामीहरु अन्य ठाउँमा जान नपरोस भन्ने हिसावले सेवा दिन आग्रह गरे । कार्यक्रममा स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका कौशल भण्डारी, स्वास्थ्य कार्यालय दाङका प्रमुख अङ्गत शाही, आईएनएफका डा. सेयरली, वरिष्ठ कन्सलटेन्ट डा. ओम अर्याल लगायतले बोलेका थिए । कार्यक्रममो सहजीकरण जनस्वास्थ्य निरिक्षक कृष्ण गोपाल चौधरीले गरेका थिए ।

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६