प्रदेश

सामुदायिक वनका पदाधिकारी विरुद्ध अख्तियारमा उजुरी



तुलसीपुर, १३ असोज । दाङको एक सामुदायिक वनका पदाधिकारीहरुले भष्ट्राचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ । आयोगले राजपुर गाउँपालिका वडा ७ मा रहेको सल्लेरी सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुले समुहको कोषको रकम हिनामिना गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान थालेको थियो । सोहि अनुरुप सल्लेरी सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन अध्यक्ष दिपक घर्ती, कोषाध्यक्ष पुर्ण बहादुर घर्ती र सचिव निमा चौधरीले वन विकास कार्यक्रमको मार्गदर्शन २०७१ को बिधान कार्ययोजना बिपरीत बाटो निर्माण, कुलो, चर्पी निर्माण, होटेलबाँस, खानानास्ता लगायतका शिर्षकमा अनियमितता गरेको पाईएको छ ।

उनीहरुले खर्च बिबरण तथा बिल भरपाई समेत नदेखाई बदनियतपूर्ण ढंगले ४ लार ५२ हजार २६५ खर्च गरेका छन् । सार्बजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० बमोजिमको कसुर गरेको स(प्रमाण पुष्टि भएपछि उनीहरु विरुद्ध उक्त रकमको बिगो दावी सहित विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको आयोगले जनाएको छ।

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६