प्रदेश

ईपीएलमा विराटनगर वारियर्स लगातार दोस्रो खेलमा पराजित



काठमाडौं  १४ असोज । एभरेष्ट प्रिमियर लिग क्रकेट (ईपीएल) मा विराटनगर वारियर्स लगातार दोस्रो खेलमा पराजित भएको छ।बुधबार (आज) भएको दोस्रो खेलमा भैरहवा ग्लाडियटर्सले विराटनगरलाई ६ विकेटले हरायो। टस हारेर ब्याटिमा उत्रिएको विराटनगरले निकै खराब प्रदर्शन गर्‍यो। उसले १८ औं ओभरमा मात्र ८९ रन जोड्ने क्रममा सबै विकेट गुमायो। विराटनगरका लागि श्रीलंकन खेलाडी दिल्सान मुनुवेराले सर्वाधिक २५ रन जोड्दा तीन खेलाडी डक आउट भए।

बलिङतर्फ भैरहवाका श्रीलंकन बलर धमिका प्रसादले घातक बलिङ गरे। उनले तीन ओभरमा मात्र ६ रन दिएर विराटनगरको तीन विकेट झारे। त्यसैगरी आरिफ शेखले पनि तीन र अविनाश बोहोराले दुई विकेट लिए।

‍९० रनको सहज विजय लक्ष्य पछ्याएको भैरहवाले १५ दशमलव ३ ओभरमा मात्र चार विकेटको क्षतिमा भेट्टायो। भैरहवाको जितमा श्रींकका पूर्वकप्तान उपल थरंगाले अविजित ३४ रनको योगदान दिए। त्यसैगरी प्रदीप ऐरीले २२ र बंगलादेशका एक दिवसीय क्रिकेट टिमका हालका कप्तान अमिम इकबालले १२ रन जोडे।पहिलो जित हात पारेको भैरहवा कुल तीन अंकसहित पोखरा ग्लाडिएटर्ससँगै लिगको शीर्ष स्थानमा छ। पहिलो खेलमा पोखरा र भैरहवाले वर्षाका कारण अंक बाँडेका थिए।

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६