प्रदेश

सैनामैना नगरपालिकामा प्रथम पटक सुनगाभा सिङ्गिङ् आइडल आयोजना



रुपन्देही १४ असोज । सैनामैना नगरपालिकाका प्रथम पटक सुनगाभा सिङ्गिङ् आइडल आयोजना भएको छ । सुनगाभा पब्लिक स्कूलले आयोजना गरेको सिङ्गिङ् आइडलको पहिलो राउण्ड सकिएर दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो अडिसनबाट ८ जना दोस्रो चरणका लागि छनोट भएका छन् ।

सैनामैना नगरपालिकाका विद्यालयमा अध्ययनरत विधार्थीहरुमा रहेको प्रतिभा उजागर र गायन क्षेत्रलाई राष्ट्रियस्तर सम्म आगाडी बढाउने उद्देश्यले सुनगाभा पब्लिक स्कूलले सुनगाभा सिङ्गिङ् आइडल प्रतियोगिता आयोजना गरिएको  विद्यालयका प्राचार्य तिलब के.सीले जनाकारी गराउनुभएको छ ।

डिजिटल माध्यमबाट ६२ जना विद्यार्थीहरुले पठाएको भिडियोको आधारमा १० जनालाई पहिलो चरणमा सहभागी गराई ८ जना प्रतियोगीलाई छानी दोस्रो राउण्डमा प्रवेश गराइएको छ ।। जसमा रामापुर माध्यमिक विद्यालयबाट माया बि.सी र मनिष पोख्रेल, श्री सिद्धार्थ मेमोरियल एकेडेमी स्कुलबाट समिक्षा बंम्रेल र सिंजा सिंजाली, सैनामैना पर्राेहा परमेश्वर नमुना माध्यमिक विद्यालयबाट सागर परियार, विवेक चौधरी, सुगम परियार र सुनगाभा पब्लिक स्कुलबाट अनिशा राना दोस्रो चरणमा प्रवेश गरेका छन् ।

अब ८ जना प्रतिभालाई प्रशिक्षक महागुरु सुरेश सेन्चुरीले टप फाइभ 5 का लागि प्रशिक्षण दिनुहुनेछ ।

प्रशिक्षणबाट निखारिएका ५ प्रतिस्पर्धीलाई फिनालेमा भव्य समारोहका बिच विजेता घोषणा गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजेताले उपाधिसँगै नगद १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो र तेस्रो पुरस्कार क्रमशः १० हजार र ५ हजार र सान्त्वना पुरस्कार नगद २ हजारसँगै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने कार्यक्रम संयोजक मनिष गौतमले जानकारी दिनुभयो ।

बागेश्वरी संगितालय बुटवलका संस्थापक महागुरु सुरेश सेन्चुरीले निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ।

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६