जीवनशैली

कपिलवस्तुमा सभापति देउवापक्ष रक्षात्मक बरिष्ट नेता पौडेल पक्ष हावि



कपिलवस्तु १४ असोज । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगत कपिलबस्तु जिल्लामा भएको गाउँरनगर अधिवेशनमा  पार्टी सभापति शेर वहादुर पक्ष रक्षात्मक अवस्थामा पुगेको छ । सम्पन्न  ९ पालिकाको अध्यक्षमा देउवा पक्षका सभापति २ जना मात्र निर्वाचित भएका हुन् । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलको  पक्षका ७ सभापति निर्वाचित भएका छन्  ।

जिल्लाका १० पालिकामध्ये ९ वटा पालिकामा सम्पन्न अधिवेशनमा पौडेल पक्षका ७ जना र शेरबहादुर देउवा पक्षका २ जना सभापति निर्वाचित भएका हुन् ।कपिलबस्तुको सदरमुकाम कपिलबस्तु नगरपालिकाको सभापतिमा पौडेल पक्षका खुर्सेद अहमद खाँ निर्वाचित भएका छन् । उनले ८२ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी देउवा पक्षका कृष्ण शर्माले ६५, प्रशान्त कार्कीले ५६ र मायाँ ज्ञवालीले ७ मत प्राप्त गरेका छन् ।

त्यस्तै बाणगंगा नगरपालिकाको सभापतिमा पौडेल पक्षकै विष्णुबहादुर थापा निर्वाचित भएका छन् । उनले १२१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी देउवा पक्षका बिरेन्द्र श्रेष्ठले १०५ र रबिराज आचार्यले ४१ मत प्राप्त गरेका छन् ।यस्तै बुद्धभूमि नगरपालिकाको सभापतिमा माधव दमासे विजयी भएका छन् । दमासेले १९४ मत प्राप्त गर्दा देउवा पक्षका शुशिलकुमार चौधरीले ४० मत प्राप्त गरेका छन् ।

शिवराजनगरपालिकाको सभापतिमा पौडेल पक्षकै मधुसुदन पोखरेल ११८ मत सहित विजयी भएका छन् । अर्का प्रतिस्पर्धी देउवा पक्षका राजु खरालले ८७ मत प्राप्त गरेका छन् । कृष्णनगर नगरपालिकाको सभापतिमा पौडेल पक्षकै देवानन्द शुक्लाले ९५ मत सहित निर्वाचित भएका छन् ।उनका प्रतिस्पर्धी देउवा पक्षका अजय उपाध्यायले ७९ मत प्राप्त गरेका छन् । शुद्धोधन गाउँपालिकाको सभापतिमा देउवा पक्षका विश्वम्भर कुर्मी विजयी भएका छन् । उनले ५७ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी पौडेल पक्षका रामनयन यादवले ४४ मत प्राप्त गरेका छन् ।

यस्तै मायादेवी गाउंपालिकाको सभापतिमा पौडेल पक्षकै शैलेन्द्र दुवे निर्वाचित भएका छन् । दुवेले ७३ मत प्राप्त गर्दा तबारक मुसलमानले ५९ मत प्राप्त गरेका छन् । विजयनगर गाउंपालिकाको सभापतिमा १ मतले देउवा पक्षका जानकीप्रसाद यादव निर्वाचित भएका छन् ।यादवले ५३ मत प्राप्त गर्दा पौडेल पक्षका राजेश उपाध्यायले ५२ मत प्राप्त गरेका छन् । जिल्लाको यशोधरा गाउँपालिका वडा नं। ७ मा विवाद भएका कारण उक्त गाउँपालिकाको अधिवेशन हुन नसकेको जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले बताए ।

 

प्रकाशित : १४ आश्विन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६